वर्षाका कारण धनगढीका क्षेत्रहरु डुबानमा

मंगलबारदेखि परेको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्र डुबानमा परेको छ । वर्षाका कारण नदीको सतह बढेपछि बाढी बस्तीमा पसेको हो । धनगढीको वडा नम्बर ३ विशालनगरको तेप्टे ताल लगायतका स्थानमा पानीको निकाश नहुँदा बस्ती जलमग्न भएका छन् ।

पछिल्लो पटक निर्माण गरिएका सडकहरुमा ढल निकासका लागी व्यवस्थापन नगरिदाँ पानि बस्ती भित्र छिरेको छ । बस्ती जलमग्न हुदाँ स्थानियमा त्रास उत्पन्न भएको छ ।

बर्षेनि बर्षाको समयमा उत्पन्न हुने यो समस्याका बारे स्थानिय सरकार गम्भीर नहुँदा विशालनगरवासी डुवानमा पर्दै आएका छन् ।

डुबानमा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टले जानकारी दिनुभयो । भजनी नगरपालिकाको वडा नम्बर २ को मोहनपुर, वडा नम्बर ३ को ढुसी गाउँ, वडा नम्बर ५ को फुलियापुर गाउँमा बाढी पसेको छ ।

ढुसी गाउँको चेकड्याम भत्काएर बाढी वस्तीमा पसेको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले जानकारी दिनुभयो । वडा नम्बर २ र वडा नम्बर ३ मा काँढा नदीको बाढी र वडा नम्बर ५ मा कान्द्रा नदीको बाढी वस्तीमा पसेको हो ।

यसैगरी कैलालीकै जोशीपुर गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, ६ र ७ का वस्ती पनि डुबानमा परेका छन् । गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले खमरिया टोल, झबही, खैरेनी, हसनापुरको पूर्वी टोल, बाँणी, मैनपोखरी, बढैया, रतनपुर, मनकापुर, भित्रैया, घैला गाउँ, बौनिया लगायतका स्थान डुबानमा परेको जानकारी दिनुभयो ।

काँढा नदी, पथरैया नदी र घैला नालाको बाढी यी वस्तीहरुमा पस्ने गरेको गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो । कैलालीमा गएरातिदेखि नै ठूलो पानी परिरहेकाले नदीहरुको बहाव बढेको छ ।

Related posts

अयोध्याको विवादित जग्गा हिन्दू पक्षधरले पाउने अदालतको फैसला

Nepnews

गाईघाटका सुन पसलले उपभोक्ता यसरी ठग्छन्

Nepnews

अंग्रेज फौजलाई हराएको सम्झनामा पाल्पामा भगवती जात्रा

Nepnews

मूल्य वृद्धिप्रति सभामुखद्वारा सरकारको ध्यानाकर्षण

Nepnews

महिला सशक्तिकरणका लागि रोजगारी कार्यशाला हुदैँ

Nepnews (Sambridhi)

करेन्ट लागेर एक महिलाको मृत्यु

Nepnews