प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ३१ पुग्यो

काठमाडौंस्थित नेपाल प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या बढेको छ । त्यहाँ संक्रमितको संख्या ३१ पुगेको छ । यसअघि चार जनामा कोरोना संक्रमण देखिएपछि कट्याक्ट ट्रेसिङको आधारमा अरु २८ जना पनि संक्रमित भएका हुन् ।

प्रहरी प्रधान कार्यालयको सवारी शाखामा कार्यरत एकजना प्रहरी हवल्दार काठमाडौँ बाहिर गएर फर्केपछि पहिलो पटक उनलाई कोरोना संक्रमण भएको थियो । प्रहरी प्रधान कार्यालयमा सञ्चार निर्देशनालय, एमटी र सुरक्षा सेवा निर्देशनालयमा कार्यरत प्रहरी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

स्वाव संकलन गरेर पठाइएका केही प्रहरीको रिपोर्ट आउन बाँकी रहेको कार्यालयले जनाएको छ । यसअघि प्रधान कार्यालयमै ४ जनामा संक्रमण देखिएको थियो । उनीहरुको कन्ट्याक्ट ट्रेसिङका क्रममा ठुलो संख्यामा नयाँ संक्रमित भेटिएको प्रहरी प्रवक्ता शाहीले जानकारी दिनुभयो ।

हिजो उपत्यकाका तीनवटै जिल्लामा गरेर ५२ जना नयाँ संक्रमित भेटिएका थिए । लकडाउन खुलेपछि एकैदिन भेटिएको यो उच्च संख्या हो । काठमाडौंमा मात्रै ४८ संक्रमित थपिएका छन् ।

Related posts

कामीरिता शेर्पा बनाए सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने नयाँ रेकर्ड

Nepnews

सरकारका कारण मुलुकको स्वाधीनता खतरामा: माेहन बैद्य

Nepnews

जाजरकोट जिल्लाको बारेकोटमा भेटियो नून खानी

Nepnews

फेवा तालको विचमा कफिसप !

Nepnews

पर्साको सेक्टर वन कार्यालयको स्टोर कोठामा आगलागी, ५ लाखको क्षति

Nepnews

पाल्पामा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

Nepnews