कालापानी क्षेत्र प्रवेशमा रोक लगाउन गरेको पत्राचारको नेपालले जवाफ पठायो

दार्चुलाले भारतद्वारा कब्जा गरिएको कालापानी, नाबी, कुटी, गुञ्जी लगायतका क्षेत्रमा नेपालीको प्रवेश रोक्न भारतले पठाएको पत्रको जवाफ फर्काएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार भारतीय जिल्ला धारचुलाको प्रमुख प्रशासन अधिकारीलाई पत्र लेख्दै दार्चलाले सो भूमी नेपालको भएको र त्यहाँ नेपालीको प्रवेशमा कुनै अवरोधन नगर्न भनिएको छ ।

परराष्ट्र मन्त्रालयसँग समन्वय गरी जिल्ला प्रशासन कार्यालय दार्चुलालाई जवाफ लेख्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारीका अनुसार पत्रमा ‘नेपाल र ब्रिटिस इन्डिया कम्पनीबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५ तथा त्यस समयमा प्रकाशित नक्साहरू र ऐतिहासिक तथ्य–प्रमाणबाट लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, लिपुलेक, कालापानीलगायत क्षेत्र नेपालको भूभाग रहेको कुरा स्पष्ट पारिएको छ । यी नेपाली भूभागहरूमा नेपालीको आवतजावत स्वाभाविक नै रहेको हुँदा त्यसमा कहीँकतैबाट बाधा–अड्चन हुनुहुँदैन भन्ने उल्लेख गरिएको छ ।

भारतले कालापानी क्षेत्र ५८ वर्षदेखि कब्जा गरेको छ । नेपालीलाई छाङरुको सीतापुलभन्दा माथि जान अवरोध छ । त्यही क्षेत्रमा नेपालीहरू ‘चोरी–छिपी’ पस्न लागेको भन्दै भारतीय प्रशासनले पत्राचार गरेपछि नेपालले त्यसको जवाफ दिएको हो ।

Related posts

विप्लव समूहका उपत्यका इन्चार्ज पक्राउ

Nepnews

प्रतिनिधिसभा नियमावली, २०७५ पारित

Nepnews

अमेरिका–क्यानडा सीमा बन्द

Nepnews

सरकारको निति तथा कार्यक्रमः स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान पहिलो प्राथमिकता

Nepnews

चीनबाट फर्किएका सबै नेपाली स्वस्थ रहेको स्वास्थ्य मन्त्रालयको भनाई

Nepnews

आगलागीबाट तीन लाखको क्षति

Nepnews