काठमाडौंमा ५० भन्दा बढी कोरोना संक्रमित थपिए

नेपालमा आज कोरोनाका तीन सय नयाँ संक्रमित थपिएका छन् । आज काठमाडौं उपत्यकामा मात्र ५४ जना संक्रमित थपिएका छन् । उपत्यकामा भेटिएको यो अहिलेसम्मकै उच्च संक्रमण हो ।

काठमाडौंमा ४८, ललितपुरमा पाँच र भक्तपुरमा एक जना संक्रमित भेटिएका छन् ।

काठमाडौंमा भेटिएकामध्ये प्रहरी प्रधान कार्यालयमा मात्र २३ जना संक्रमित भएका हुन् । यसअघि प्रहरी प्रधान कार्यालयमा चार जना संक्रमित भेटिएका थिए । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको हो ।

कोरोना भाइरसबाट आज एक जनाको मृत्यु भएको छ । बझाङको बुङ्गल नगरपालिकाका एक पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको हो । १४ दिनको क्वारेन्टिन बसाइपछि घर गएका उनको साउन ६ गते मृत्यु भएको थियो । उनको पीसीआर रिपोर्ट हिजो बेलुकी आएको थियो । योसँगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

Related posts

उदयपुर जिप दुर्घटनामा तीन जनाको मृत्यू

Nepnews

एटिएम बुथको सुरक्षामा संवेदनशील हुन बैंकहरुलाई निदेर्शन

Nepnews

गोकुल बाँस्कोटाद्वारा सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा

Nepnews

दाङमा सार्वजनिक यातायात बन्द

Nepnews

कर्मचारीले चार महिनादेखि तलब पाउन सकेनन्

Nepnews

८४ हजारले दिए इपीएस परीक्षा, नितजा असार १३ गते

Nepnews