अष्ट्रेलियाको डँढेलोका कारण तीन अर्व जीवजन्तु प्रभावित

गत वर्ष अष्ट्रेलियामा भएको डँढेलोका कारण तीन अर्व जीवजन्तु प्रभावित भएको बैज्ञानिकहरुले बताएका छन् । तीन अर्वमध्ये धेरै मेरका थिए भने करोडौं जीवजन्तु अन्यत्र भागेका थिए । करिब ६ महिनासम्म निरन्तर लागेको डँढेलोका कारण स्तनधारी जनावर, चरा, शरिश्रिप, भ्यागुता जातका करोडौं जनावर मरेका थिए ।

विश्व बन्यजन्तु कोष डब्ल्यु डब्ल्यू एफका अनुसार दुई अर्व ४६ करोड शरिश्रिप, १८ करोड चरा, १४ करोड स्तनधारी जनावर र पाँच करोड भ्यागुता प्रभावित भएका छन् ।

डँढेलोबाट बचेका जीवजन्तु पनि खाना नपाएर मरेका छन् भने कतिपय खानाको खोजीमा अन्यत्र बसाईँ सराई गरेको बैज्ञानिकले बताएका छन् ।

यो डँढेलोलाई आधुनिक युगकै सबैभन्दा विनासकारी भनिएको छ । डँढेलोमा परी ३३ जनाले ज्यान समेत गुमाएका थिए ।

बैज्ञानिकका अनुसार भिक्टोरिया र न्यु साउथ वेल्स गरी दुई वटा राज्यमा मात्र एक अर्व २५ करोड जीवजन्तु मारिएका थिए ।

अष्ट्रेलियाको डँढेलोले एक करोड १४ लाख हेक्टर भुभागमा क्षति पुगेको थियो ।

Related posts

जनकपुरमा धुमधामसँग रामनवमी मनाइँदै

Nepnews

मिडिया काउन्सिल विधयकको विरोधमा पत्रकारको प्रदर्शन

Nepnews

सुनकाे मूल्यमा नयाँ कीर्तिमान, तोलाको ८० हजार नाघ्यो

Nepnews

सर्लाहीमा विप्लभ कार्यकर्ता र प्रहरीवीच गोली हानाहान, एकको मृत्यू

Nepnews

अण्डा हान्ने केटा र सिनेटर दुबैलाई सफाई

Nepnews

खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

Nepnews