नेकपा विवाद मिलाउन बामदेवको ६ प्रस्ताव

नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले पार्टी फुट्न नदिनका लागि ६ वटा प्रस्ताव अघि सार्नु भएको छ । उपाध्यक्ष गौतमले अघि सारेको प्रस्तावमा महाधिवेशनसम्मका लागि केपी शर्मा ओली अध्यक्ष रहने र पाँचै वर्ष प्रधानमन्त्री हुने गरी प्रस्ताव अघि सार्नु भएको हो ।

प्रचण्ड–नेपाल समूहमा रहेका गौतमले प्रधानमन्त्री अनुकुल प्रस्ताव अघि सार्नु भएको हो । उहाँले दुबै अध्यक्षलाई छुट्टाछुट्टै भेटेर यो प्रस्तावको पेश गर्नु भएको हो ।

प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने र एकता महाविधेशन सहमतिमा आयोजना गर्ने प्रस्ताव गरिएको छ ।

साथै सरकारको काममा पार्टीले हस्तक्षेप नगर्ने तर अन्तर्राष्ट्रिय महत्ववका विषयमा निर्णय गर्नुअघि पार्टीमा छलफल गर्नु पर्ने प्रस्ताव गर्नु भएको हो ।

यस्तै, पार्टी सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषदको पुनर्गठन र राजनीतिक तथा संवैधानिक नियुक्ति , संसदमा नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि पार्टी सचिवालयमा परामर्श लिनुपर्ने गौतमको प्रस्ताव छ ।अब पार्टीका बैठक पार्टी कार्यालयमा गर्ने गौतमले प्रस्ताव गर्नुभएको छ ।

Related posts

घान्द्रुकमा निर्माण सामग्री ढुवानी

Nepnews

बुटवलको कोरोना अस्पतालमा मृत्यू भएका ब्यक्तिको रिपोर्ट नेगेटिभ

Nepnews

बार्टी र केनिन अष्ट्रेलियन ओपनको सेमिफाइनलमा

Nepnews

आकस्मिक अवतरण गर्दा विमान दुर्घटना हुँदा रुसमा ४१ जनाको मृत्यु

Nepnews

स्वरुप परिवर्तन गर्ने मोटरसाइकल नियन्त्रणमा

Nepnews

भीमदत्तगरमा बम विस्फोट

Nepnews