काठमाडौंमा अबैध नक्कली सुन र हतियार बरामद

प्रहरीले आज आधा केजी सुन र सुनको जलप लगाइएका साढे १४ केजी चाँदी र अबैध हतियार बरामद गरेको छ । नियमित चेकिङका क्रममा प्रहरीले काठमाडौंको कमलपोखरी नजिकै बरामद गरेको हो ।

नियमित चेकिङमा बा ६ च ५५१९ नम्बरको स्करपियो गाडी रोक्न खोज्दा गाडीले गति बढाएर सो झोला फालेर भागेको प्रहरीले जनाएको छ । सो झोलामा ४२ लाख तीन हजार बराबरको सुन र १५ लाख ५६ हजार बराबरको जलप लगाइएको चाँदी भेटिएको प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । सो झोलामा गोली नभएको दुई थान चाइनिज पेस्तोल पनि भेटिएको छ ।

गाडीको सनाखत भइसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

विराटनगरमा केरोना समुदायस्तरमै फैलिएको आशंका

Nepnews

राजविराजमा ज्वाइँको हत्या गर्ने ससुरासहित तीनजना पक्राउ

Nepnews

विप्लवका निकट विद्यार्थी संगठनका अध्यक्ष काठमाडौंबाट पक्राउ

Nepnews

सम्पत्ती शुद्धिकरण विभागद्वारा भारतका पूर्व वत्तमन्त्री चिदम्बरम पक्राउ

Nepnews

दशरथ रंगशालामा हुनेछ नेपाल भ्रमण वर्षकाे उद्घाटन, राष्ट्रपतिले उद्घाटन गर्ने

Nepnews

जापानको क्योटोको एक भवनमा आगलागी हुँदा ३० जनाको मृत्यू

Nepnews