मलेसियाका पूर्व प्रधानमन्त्री नजिव रजाक भ्रष्टार मुद्धामा दोषि ठहर

मलेसियाको एक अदालतले पूर्व प्रधानमन्त्री नजिव रजाकले अरवौं डलर भ्रष्टाचार गरेको ठहर गरेको छ ।

उनीविरुद्ध सातवटा मुद्धा लगाइएको थियो । क्वालालाम्पुर उच्च अदालतले सातवटै मुद्धामा उनलाई दोषि ठहर गरेको हो । उनलाई सम्पत्ती शुद्धिकरण, अधिकारको दुरुपयोग, सरकारी कोषको चरम दुरुपयोग गरेको जस्ता अभियोग लगाइएको छ ।

मलेसियाको कानुन अनुसार उनलाई १५ देखि २० वर्ष जेल सजाय हुने अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । मलेसिया विकास परियोजना कोषको कोषबाट रजाकले चार अर्व ४० लाख अमेरिकी डलर रकम आफ्नो निजि खातामा सारेर रियल स्टेट, प्राइभेट जेट र हलिउड चलचित्रमा खर्च गरेको बताइएको छ । यस्तै उनले सरकारी कोषबाट एक करोड अमेरिकी डलर आफ्नो ब्यक्तिगत खातामा सारेको समेत अदालतले जनाएको छ ।

तर, उनले आफूलाई आर्थिक सल्लाहकारले फसाएको दाबी गरेका छन् । उनका आर्थिक सल्लाहकार झो लोलाई पनि मलेसिया र अमेरिकामा पनि मुद्धा चलाइएको छ । यस्तै उनकी श्रीमति रोस्मा मान्सरविरुद्द पनि सम्पत्ति शद्धिकरण र राजस्वसम्बन्धि मुद्धा चलाइएको छ । रजाक दुई वर्षअघि भएको निर्वाचनमा पराजित भएका थिए ।

Related posts

यस्तो छ सरकारले घोषणा गरेको राहत प्याकेज

Nepnews

शुक्रबार मेलबर्नमा यो वर्षकै सबैभन्दा भारी बर्षा हुने

Nepnews

मापसे गरी सवारी चलाउनेको अनुमति पत्र रद्द हुने

Nepnews

ठेकेदारसँग झुक्छ सरकार, सार्वजनिक खरिद नियमावली तेस्रो संशोधन

Nepnews

निर्मला पन्त बलात्कारको एक वर्षभित्र कहिले के भयो ?

Nepnews

श्रीमती हत्या आरोपमा सशस्त्र प्रहरी पक्राउ

Nepnews