सुनको मूल्य ९७ हजार पाँच सय पुग्यो

सुनको मूल्य लगातार उकालो लागेको छ । पछिल्लो केही दिन लगातार बढिरहेको सुनको भाउ आज ९७ हजार पाँच सय रुपैयाँ पुगेको छ । हिजोभन्दा आज सुनको मूल्यमा १२ सय रुपैयाँ बढेको हो ।

कोरोना भाइरसका कारण सुनमा लगानी बढ्दै गएका कारण मुल्य बृद्धि भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेका कारण त्यसको असर नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस १९ सय ३२ डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा माग बढे पनि नेपाली बजारमा भने सुनको माग घटेको छ । भाउ बढेको बेलामा सुन किन्ने भन्दा पनि बेच्ने ग्राहक धेरै आउने गरेको व्यवसायीले बताएका छन्

Related posts

एडिलेडको जंगलमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

Nepnews

कक्षा १२ को परीक्षा सुरु, चार लाख विद्यार्थी सहभागी

Nepnews

थप १२ जनामा कोरोना, संक्रमितको संख्या ६८२ पुग्यो

Nepnews

जलेश्वरमा सर्पले टोकेको बिरामीको संख्या बढ्दै

Nepnews

भारतसँगको निर्भरता बढ्दो, असमान ब्यापार सम्झौता नेपालका लागि घातक

Nepnews

मोदी भ्रमणलाई लक्षित गरी पोखरा र मुस्ताङमा तयारी

Nepnews