विवादित भूमीमा नेपालीलाई प्रवेशमा रोक

भारतले कब्जा गरेको नेपाली भूमीमा नेपालीलाई प्रवेशमा रोक लगाइएको छ । भारतले कालापानी, गुञ्जी र लिम्पियाधुरामा भारतले नेपालीहरुको अवैध प्रवेशमा रोक लगाएको हो ।

भारतको धारचुला जिल्ला प्रशासन कार्यालयले नेपालको दार्चुलालाई पत्र लेख्दै बिभिन्न नेपाली गुट तथा समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी आएकाले सुरक्षामा खतरा देखाएको छ । सीमा पार गरेर आउन चाहने र मिडियाको ध्यान आकृष्ट गर्न खोज्ने प्रवृति बढेकाले नेपालीको प्रवेशमा रोक लगाउन भारतले आग्रह गरेको हो ।

अबैध प्रवेशले दुबै देशको प्रशासनलाई अप्ठेरो बनाउन प्रयास भइरहेको धारचुलाबाट प्राप्त पत्रमा उल्लेख छ । भारतको धारचुला जिल्ला प्रशासनका उपप्रमुखले दार्चुलाका प्रमुखलाई लेखेको पत्रमा अवैध प्रवेशको सुचना प्राप्त भएमा जानकारी गराउन आग्रह पनि गरिएको छ ।

नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भू–भाग समेटेर नयाँ नक्सा जारी गरेको थियो । ती भूभागलाई भारतले आफ्नो भनेर कब्जा गर्दै आएको छ ।

नेपाल सरकारले हालै कालापानी नजिक छाङरुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि त्यहाँ केही गतिविधि बढेको छ । हाल सडकको ट्र्याक खोल्ने काम भइरहेको छ । यसैगरी हेलिकप्टरमार्फत ब्यास गाउँपालिका वडा नम्बर १ छाङ्रु र टिङ्करमा एक–एक सय क्विन्टल चामल पुर्याइएको थियो । यस्तै छाङ्रुको गागामा झोलुङ्गे पुलका सामान पनि हेलिकप्टरमार्फत् नै पुर्याइएको छ । यसैगरी माथिल्लो कौवामा सुरक्षा पोष्ट राख्ने तयारीसमेत गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

Related posts

सडक दुर्घटनामा दुईजनाको मृत्यु

Nepnews

एमसीसी तत्काल स्वीकार नगर्ने नेकपाको निर्णय

Nepnews

काठको मुडाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या

Nepnews

जुनसुकै एटिएमबाट रकम निकाल्दा पनि शुल्क नलाग्ने

Nepnews

म्याग्दीमा मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालन गरिने

Nepnews

ब्लड क्यान्सरको औषधिमा धमिरा ,अस्पतालको लापर्बाही

Nepnews