भिक्टोरियामा कोरोना भाइरसको संक्रमण तीब्र

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । केही समयअघिसम्म संक्रमण नियन्त्रण उन्मुख रहेको अष्ट्रेलियामा लकडाउन खुकुलो भएसँगै संक्रमितको संख्या बढ्न थालेको हो ।

अष्ट्रेलियाकै दोस्रो ठूलो जनसंख्या रहेको भिक्टोरिया राज्यमा पछिल्लो पटक पाँच सय ३२ जना संक्रमित थपिएका छन् भने ६ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ७७ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो पटक मृत्यु भएकामध्ये पाँच जना एज केयरमा बसेका मानिसहरु रहेको बताइएको छ ।

अहिलेसम्म अष्ट्रेलियामा सामुदायस्तरमा कोरोना भाइरसको ठूलो संक्रमण देखिएको थियो । यसबाट सबैभन्दा बढी प्रभावित राज्य भिक्टोरिया हो । भिक्टोरियाको राजधानी मेलबर्नमा ६ साता लकडाउन गर्ने तयारी गरिएको छ । यस्तै त्यहाँ मास्क अनिवार्य गरिएको छ । यस्तै परीक्षणको दायरा पनि बढाइएको छ ।

Related posts

धरौटी र बैंक ग्यारेन्टी नराख्ने म्यानपावर कम्पनी बन्द हुने

Nepnews

शान्ति मिसनमा नेपाली सेनाले गरेको पराक्रमको सर्वत्र प्रशंशा

Nepnews

स्वास्थ्य परीक्षण नगरी कुनै पशु नेपाल भित्रिन दिन्न: कृषि मन्त्री खनाल

Nepnews

मलेसियाबाट सात हजारभन्दा बढी नेपाल फर्किन आवेदन

Nepnews

वर्षातका कारण उत्पादन बढेपछि नेपालको विद्युत भारत निर्यात

Nepnews

नियन्त्रणमा लिएका १० भारतीय सेना चीनद्वारा रिहा

Nepnews