प्रिमियर लिग २०१९-२० सिजन सम्पन्न

प्रिमियर लिग अन्तर्गत आज सबै २० वटा टिमले अन्तिम चरणको खेल सकेका छन् ।

योसँगै प्रिमियर लिगको सन् २०१९–२० सिजन सम्पन्न भएको छ । आजको खेलमा शीर्ष चारका सबै टिमले जित हात पारेका छन् । लिभरपुलले न्युक्यासल युनाइटेडलाई ३–१ ले हरायो भने म्यान्चेष्टर सिटीले नर्विच सिटीमाथि ५–० को फराकिलो जित दर्ता ग¥यो ।

यस्तै चेल्सीले उल्भरह्याम्टनविरुद्ध २–० को जित निकाल्दै अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउन सफल भयो ।

यस्तै म्यान्चेष्टर युनाइटेडले पनि लेस्टर सिटीमाथि २–० को जित निकाल्दै अर्को सिजनको च्याम्पियन्स लिग स्पट सुरक्षित ग¥यो । पराजित लेस्टर भने पाँचौं स्थानमा रहँदै अर्को सिजनको युरोपा लिग खेल्न पाउने भयो ।

टोटनह्यामले छैटौं स्थान हासिल गरेको छ । उसले १६ खेलमा जित हात पा¥यो भने एघार खेलमा बराबरी र एघारमा हार ब्यहा¥यो ।

उल्भरह्याम्टन र टोटनह्याम दुबैलले ५९ अंक बनाएपनि गोल अन्तरका आधारमा टोटनह्याम अघि रह्यो । उल्भ्सले १५ मा जित, १४ मा बराबरी र नौ खेलमा हार ब्यहोरेको थियो ।

आर्सनल आठौं स्थानमा रहन सफल भयो । आर्सनलले ३८ मध्ये १४मा जित, १४ मा बराबरी र १० वटामा हारको नतिजा निकालेको थियो ।

शेफिल्ड युनाइटेड नवौं, बर्नले दशौं, साउथह्याम्टन एघारौं तथा एभर्टन १२औं स्थानमा रहे । यस्तै न्यु क्यासल युनाइटेड १३औं, क्रिष्टल प्यालेस १४औं, ब्राइटन एण्ड होभ अल्वियन १५, वेष्टह्याम युनाइटेड १६औं तथा एष्टन भिल्ला १७औं स्थानमा रहे ।

एएफसी बर्नमाउथ १८औं, वाट्फोर्ड १९औं र नर्विच सिटी २०औं स्थानमा रहेर दोस्रो डिभिजनमा घटुवा भए ।

यो सिजनको गोल्डेन बुट लेस्टर सिटीका जेमी भार्डीले पाए । उनले कुल २३ गोल गरेका थिए ।

Related posts

लण्डन म्याराथनमा किप्चाेगे र गेराेमियु च्याम्पियन

Nepnews

जिनोआलाई हराउँदै इन्टर मिलान सिरिएको दोस्रो स्थानमा

Nepnews

रोनाल्डोसहितको पोर्चुगल टोली रुस पुग्यो

Nepnews

आठौं राष्ट्रिय खेलकुद: म्याराथनमा आर्मीका कृष्ण र पुलिसकी राजपुरा च्याम्पियन

Nepnews

वर्षाका कारण पीएम कपको खेल रद्द

Nepnews

सन्दीपको खेलको चर्चासंगै परिवार दंग

Nepnews