जिनोआलाई हराउँदै इन्टर मिलान सिरिएको दोस्रो स्थानमा

जिनोआलाई हराउँदै इन्टर मिलान इटालियन सिरिएको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राती भएको खेलमा इन्टरले जिनोआमाथि ३–० को जित दर्ता ग¥यो । जितसँगै इन्टर मिलानले शीर्ष स्थानको युभेन्टससँगको दूरी चार अंकमा छोट्याएको छ ।

शीर्ष स्थानको युभेन्टसको ३५ खेलबाट ८० अंक छ भने इन्टर मिलानले ३६ खेलबाट ७६ अंक बनाएको छ । अब युभेन्टसले एउटा खेल जितेपछि उपाधि जित्नेछ ।

जिनोआको घरेलु मैदानमा इन्टरको जितमा रोमेलु लुकाकुले दुई गोल तथा एलेक्सिस सान्चेजले एक गोल गरेका थिए । ३४ औं मिनेटमा लुकाकुको गोलसँगै इन्टरले खेलमा अग्रता बनाएको थियो ।

त्यसपछि ८३ औं मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई २–० को अग्रता दिलाए । खेलको इन्जुरी समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल थप्दै इन्टरलाई ३–० को जित दिलाए ।

सिरी ए अन्तर्गत नै अन्य खेलमा पर्माले ब्रेसियालाई २–१ ले र नापोलीले सासउलोलाई २–० गोलले हराए ।

Related posts

वाट्सनको ब्याट चल्दा चेन्नईको महत्वपूर्ण जित

Nepnews

अष्ट्रेलियन ओपनः रोजर फेडेरर अन्तिम चारमा

Nepnews

पुष्पलाल स्मृति ब्याडमिन्टन वैशाख २६ देखि

Nepnews

मेस्सीले पूरा गरे सात सय गोल, बार्सिलोना भने बराबरीमा रोकियो

Nepnews

दीपक मनाङ्गेद्वारा कास्की फुटबल संघका अध्यक्षमाथि हातपात

Nepnews

पाकिस्तानविरुद्धको टि-२० सिरिज अष्ट्रेलियाले जित्यो

Nepnews