सिरिए लिडर युभेन्टस पराजित, उपाधि जित्न अर्को खेल कुर्नुपर्ने

इटालियन सिरिएको अग्रस्थानमा रहेको युभेन्टस युडिनेजेसँग पराजित भएको छ । तीन खेलअघि नै उपाधि जित्ने लक्ष्य युडिनेजेविरुद्धको खेलमा पराजित भएपछि टुंगिएको छ । अब युभेन्टसलाई उपाधि जित्नका लागि अर्को खेल कुर्नु पर्ने भएको छ ।

प्रतिस्पर्धामक बनेको खेलको सुरूको ४० मिनेट गोल हुने सकेन । खेलको ४२ औं मिनेटमा म्याथिस डी लाइटको गोलमा युभेन्टसले अग्रता लियो । तर, ५२ औं मिनेटमा लिजा नेस्टोरभोस्कीले गोल गरेपछि घरेलु टोली उडिनेजेले खेल १–१ को बराबरीमा पुर्यायो ।

इन्जुरी समयमा सेको फोफानाले गोल गर्दै उडिनेजेलाई २–१ ले अगाडी राखे । बाँकी समयमा युभेन्टस खेलमा फर्कन सकेन र पराजित भयोे । घरेलु टोलिसँग पराजित भएको युभेन्ट्सले ८० अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानको एटलान्टा भन्दा ६ अंकले अघि रहेको छ । उडिनेजे ३९ अंक जोडेर १५ औं स्थानमा उक्लिएको छ ।

उडिनेजेलाई हराउँन सकेको भए युभेन्टस तीन खेल अगावै च्याम्पियन बन्ने थियो । तर, युभेन्टसले च्याम्पियन बन्ने मौका गुमाएको छ । उपाधिका लागि युभेन्टसलाई ३ अंकको आवश्यकता छ ।

Related posts

मोरक्कोलाई हराउँदै बेनिन अफ्रिका कप अफ नेसन्सको क्वार्टर फाइनलमा

Nepnews

लिभरपुलले जित्यो च्याम्पियन्स लिग

Nepnews

म्यान्चेष्टर सिटीले च्याम्पियन्स लिग खेल्न पाउने

Nepnews

कोरोनाको त्रासका कारण विश्वका अधिकांश खेलकुद गतिविधि स्थगित

Nepnews

म्यान्चेष्टर सिटीले जित्याे प्रिमियर लिग, लिभरपुल दाेस्राे

Nepnews

पाेखरा प्रिमियर लिगः काठमाडाैंद्वारा विराटनगर ३६ रनले पराजित

Nepnews