बिहीबार १४६ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १४६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नोलमा करोना संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ ।

यस्तै थप एक जनाको मत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा–६ माईस्थान बस्ने ७० वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक देशका विभिन्न प्रयोगशालामा ३ हजार ४८१ जनाको पीसीआरबाट परीक्षण गरिएको छ ।

आज सबैभन्दा बढी संक्रमित कञ्चनपुरमा भेटिएका छन् । त्यहाँ ३० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै दैलेखमा २४, पर्सामा १७, रुपन्देहीमा १३, मोरङमा ८, डोटी र सप्तरीमा ७–७, काठमाडौं र सुर्खेतमा ५–५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै धनकुटा, सुनसरी, सिरहा, भक्तपुर, ललितपुर, पर्वत, प्युठान, डडेल्धुरा, कैलालीमा दुई दुई जनामा संक्रमण पुष्टि भएको छ भने झापा, महोत्तरी, पर्वत, स्याङ्जा, नवलपरासी, सल्यान र बझाङमा एक एक जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १५६ जना कोरोना मुक्त डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोना मुक्त हुनेको संख्या १२ हजार ८४० पुगेको छ ।

Related posts

यमनमा क्षेप्यास्त्र आक्रमणमा परी ७० सैनिकको मृत्यू

Nepnews

गान्धी परिवारलाई दिइँदै आएको सुरक्षा घटाइने

Nepnews

आगलागीबाट तीन घर जलेर नष्ट

Nepnews

विप्लवको नेकपा र सरकारवीच पहिलो पटक औपचारिक वार्ता

Nepnews

कञ्चनपुरमा अटोरिक्सा जेसीबीले ठोकिँदा चारको मृत्यू

Nepnews

जोकोभिचले जिते आठौं अष्ट्रेलियन ओपन

Nepnews