ब्राजिलमा कोरोना भाइरसविरुद्धका चारवटा खोप एकै पटक परीक्षण गरिँदै

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देशमा दोस्रो स्थानमा रहेको ब्राजिलमा चारवटा कम्पनीको भ्याक्सिन परीक्षण सुरु गरिएको छ । चीन, अमेरिका, जर्मनी र अक्सफर्ड विश्वविद्यालयले उत्पादन गरेको भ्याक्सिन ब्राजिलमा एकै पटक परीक्षण सुरु गरिएको हो ।

चीनमा उत्पादित कोरोना भाइरस विरुद्धको भ्याक्सिनको परीक्षण अन्तिम चरणमा पुगेको छ ।

सिनोभ्याक बायोटेक नामक नीजि कम्पनीद्वारा उत्पादित यो भ्याक्सिन नौ हजार जना स्वास्थ्यकर्मीमा परीक्षण सुरु गरिएको हो । स्वयं सेवकले कोरोनाभ्याक नामक यो भ्याक्सिनको पहिलो डोज ग्रहण गरेका छन् ।

यसको नतिजा ९० दिनमा आउने बताइएको छ । यदी यो भ्याक्सिन सुरक्षित र प्रभावकारी भएमा यो कम्पनीले १२ करोड डोज उत्पादन गर्ने सम्झौता भएको छ ।

यस्तै ब्राजिलले अक्सफर्ड विश्वविद्यालयमा उत्पादित भ्याक्सिन पनि परीक्षण गर्न सुरु गरेको छ । यो भ्याक्सिनको परीक्षण पनि तेस्रो चरणमा पुगेको छ । ब्राजिलमा अमेरिकाको फिजर र जर्मनीको बायो एन टेकले उत्पादन गरेको भ्याक्सिन पनि परिक्षण गर्न अनुमति दिएको छ ।

Related posts

हत्याको अभियोगमा युवक पक्राउ

Nepnews

मन्त्रीपरिषद् पुनर्गठनमा सत्ता–साझेदार समाजवादी पार्टी असन्तुष्ट

Nepnews

राजनीतिक अस्थिरताले देशको विकास हुन सकेको छैन: मुख्य मन्त्री गुरुङ

Nepnews

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

Nepnews

बाढी पहिरोका कारण राजमार्गहरु अवरुद्ध

Nepnews

विमानस्थल ब्यवस्थित गराउन दीर्घकालिन गुरुयोजना बनाउने तयारी

Nepnews