कोरोना अपडेटः अमेरिका, ब्राजिल र भारतमा अहिलेसम्मकै उच्च संक्रमण

कोरोना भाइरस संक्रमणले विश्वमा नयाँ रेकर्ड बनेको छ । पछिल्लो पटक विश्वमा दुई लाख ७९ हजार सात सय १३ जना कोरोना संक्रमित थपिएका छन् । विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ५० लाख नाघेको छ भने ६ लाख १७ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

अमेरिका, ब्राजिल तथा भारतमा संक्रमणको दर उच्च छ । अमेरिकामा पछिल्लो पटक ७१ हजार ६ सय ९५ संक्रमित थपिएका छन् भने झण्डै १२ सयको मृत्यु भएको छ । एकै दिन भेटिएको यो सबैभन्दा उच्च हो ।

अमेरिकामा अहिलेसम्म एक लाख ४६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । संक्रमितको संख्या पनि ४१ लाख नाघेको छ ।

ब्राजिलमा पनि कोरोना भाइरसको संक्रमण अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो पटक त्यहाँ ६७ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । ब्राजिलमा झण्डै ८३ हजारको मृत्यु भइसकेको छ ।

संक्रमण र मृत्युदर उच्च रहेपनि त्यहाँको स्वास्थ्य मन्त्रालयले भने कोरोना संक्रमण नियन्त्रणमा रहेको दाबी गरेको छ ।

यस्तै भारतमा झण्डै ४७ हजार संक्रमित थपिएका छन् । भारतमा भेटिएको यो अहिलेसम्मकै सबैभन्दा उच्च संख्या हो । यस्तै एघार सय २९ जनाको मृत्यु भइसकेको छ । भारतमा १२ लाख ३८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

भातरमा मृतकको संख्या ३० हजार नजिक पुगेको छ । यसैबीच एक अध्ययनले भारतको राजधानी दिल्लीमा प्रत्यक चार जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको प्रतिवेदन सार्वजनिक गरेको छ । आधिकारिक तथ्यांकभन्दा संक्रमणको दर उच्च रहेको पनि सो अध्ययनमा उल्लेख छ ।

दिल्लीमा मात्र एक लाख २३ हजारभन्दा बढी संक्रमित छन् ।

मेक्सिकोमा पछिल्लो पटक सात सय ९० जनाको मृत्यु भएको छ । मेक्सिकोमा मृतकको संख्या ४१ हजार नाघेको छ भने तीन लाख ६२ हजारभन्दा बढी संक्रमित छन् ।

Related posts

ट्राफिक नियम उल्लंघनसम्बन्धी ३५ हजार उजुरी

Nepnews

विज्ञान-प्रविधिमा नेपालकाे महत्वपूर्ण फड्काे, अन्तरिक्षमा आफ्नै स्याटेलाइट

Nepnews

जिल्ला शिक्षा अधिकारी विरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता

Nepnews

बीपी जयन्तीः पहिलो जननिर्वाचित प्रधानमन्त्रीको सम्झना गरिँदै

Nepnews

पाकिस्तानी सैनिकको विमान आवास क्षेत्रमा खस्दा १७ जनाको मृत्यू

Nepnews

विद्यालयका छात्रालाई सेनिटरी प्याड

Nepnews