अध्ययन भन्छः बाहिरबाट भन्दा घरबाटै कोरोना सर्नेको संख्या धेरै

कोरोना भाइरसको संक्रमण घरबाटै हुने एक अध्ययनले देखाएको छ । दक्षिण कोरियाका महामारी विज्ञहरुले गरेको अध्ययनले कोरोना भाइरस बाहिर सार्वजनिक स्थल वा बाहिरी ब्यक्तिबाट भन्दा पनि पारिवारिक सदस्यबाटै सर्ने गरेको देखाएको हो ।

यस्तै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले गरेको अनुशन्धानले पनि यही कुरा देखाएको छ । एक सय जना संक्रमितमध्ये दुई जना ब्यक्तिमात्र घरबाहिरबाट संक्रमित भएको पुष्टि भएको छ । एक सयमध्ये १० जना पारिवारिक सदस्यबाटै संक्रमित भएको पनि सो अध्ययनले निचोड निकालेको छ ।

यस्तै कोरोना संक्रमित बालबालिकाहहरुमा लक्ष्यण नदेखिएको पनि अध्ययनले उल्लेख गरेको छ । यो अध्ययन जनवरी देखि मार्चको बीचमा गरिएको थियो ।

Related posts

हेटौंडामा डेंगुको संक्रमण, अस्पतालमा परीक्षण गर्ने उपकरण छैन

Nepnews

अप्रिल ८ देखि वुहानमा लकडाउन हटाइने

Nepnews

४० प्रतिशत एचआइभी संक्रमित अझै पनि उपचारको पहुँच बाहिर

Nepnews

नेपालमा एकै दिन थपिए ५७ संक्रमित, कुल संक्रमितको संख्या १९१ पुग्यो

Nepnews

अमेरिका डब्ल्यूएचओबाट बाहिरियो

Nepnews

के हो बर्डफ्लू ? कसरी बच्ने ?

Nepnews