भिक्टोरियामा मात्रै थपिए ४२८ कोरोना संक्रमित

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका अहिलेसम्मकै उच्च कोरोना भाइरस संक्रमित थपिएका छन् ।

५० लाख जनसंख्या रहेको भिक्टोरियामा अहिले पुनः लकडाउन गरिएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ चार सय २८ जना संक्रमित बढेका छन् ।

योसँगै अष्ट्रेलियामा संक्रमितको संख्या एघार हजार नाघेको छ । त्यहाँ ११६ जनाले ज्यान गुमाइसकेका छन् । भिक्टोरियामा पछिल्लो पटक तीन जनाले ज्यान गुमाएका हुन् ।

भाइरसको दोस्रो छाल आएपछि भिक्टोरिकाका छिमेकी राज्य न्यु साउथ वेल्समा लकडाउन कडाइ गरिएको छ । अष्ट्रेलियामा एउटा राज्यबाट अर्कोमा जान प्रतिबन्ध लगाइएको छ ।

गत महिनासम्म अष्ट्रेलियाले कोरोना भाइरस नियन्त्रणमा गरेको कार्यप्रति अन्तर्राष्ट्रिय समुदायको प्रशंसा समेत पाएको थियो । तर, अहिले अष्ट्रेलियामा संक्रमितको संख्या बढ्दै गएका छन् । पछिल्लो एक सातामा अष्ट्रेलियामा १५ सयभन्दा बढी संक्रमित थपिएका छन् भने नौ जनाले ज्यान गुमाएका छन् ।

Related posts

लकडाउनका समयमा ३५ हजार मेट्रिकटन खाद्यान्न आयात

Nepnews

ट्र्याक्टरबाट खस्दा छ वर्षीय बालकको मृत्यु

Nepnews

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग जापानको हाज्मा कम्पनीले निर्माण गर्ने

Nepnews

जबरर्जस्ती करणीको प्रयास गरेको अभियोगमा कानून व्यवसायी पक्राउ

Nepnews

एकै दिन १४ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो

Nepnews

लाभकर नतिरेसम्म एनसेल सिम प्रयोग नगर्न आग्रह

Nepnews