भारतका प्रख्यात गुण्डा विकास दुबे इन्काउन्टर या हत्या ?

भारतको उत्तर प्रदेशका कुख्यात गुण्डा विकास दुबे प्रहरी इन्काउन्टरमा मारिएका छन् । गत साता एक डिएसपीसहित आठ जना प्रहरीको हत्या गरेर भागेका विकास दुबेले हिजो प्रहरी समक्ष आत्म समर्पण गरेका थिए । तर, हिरासतमा लैजाने क्रममा भागेपछि उनको इन्काउन्टर गरिएको प्रहरीको दाबी छ ।

मानवअधिकारवादी तथा विपक्षीलेले भने प्रहरीले विकास दुबेको हत्या गरेको भनेर आलोचना गरिरहेका छन् ।

दुवेलाई छातिमा तीनसहित चार गोली लागेको थियो । प्रहरीले बाटोमा दुबे चढेको गाडी पल्टिपछि भाग्न खोज्दा गोली चलाएको दाबी गरेको छ ।

उत्तर प्रदेशका पूर्व मुख्यमंत्री अखिलेश यादव, कांग्रेस महासचिव प्रियंका गांधी, जम्मू–कश्मीर के पूर्व मुख्यमंत्री उमर अब्दुल्ला समेत कैयौं नेताले विकास दुबेको हत्याबारे छानविन गर्नुपर्ने माग गरेका छन् ।

दुबेको सत्ताधारी दलका नेतासँग साँठगाँठ रहेको र त्यो खुल्ने डरले हत्या गरिएको उनीहरुको भनाइ छ ।

दर्जनौ आपराधिक घटनाका अभियुक्त दुबेले ८ दिनअघि आफुलाई पक्राउ गर्न आएका ८ जना प्रहरीको हत्या गरेर भागेका थिए ।

Related posts

होन्डुरसको जेलमा कैदीहरुबीच झडप हँदा १८ जनाको मृत्यू

Nepnews

राष्ट्रपति ट्रम्प क्यानाडाबाटै सिङ्गापुर जाने

Nepnews

दूधको मुल्य लिटरमा ६ रुपैयाँ बढ्यो

Nepnews

उन्नाइस वर्षअघि एक जनाको हत्या गरी फरार अभियुक्त १९ वर्षपछि पक्राउ

Nepnews

सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती

Nepnews

बाढी पहिरोका कारण देशका विभिन्न स्थानमा १६ जनाको मृत्यु

Nepnews