उत्तर प्रदेशमा हतियारधारी समूहको गोलीबारीमा आठ जना प्रहरीको मृत्यु

फरार अभियुक्त विकास दुबेलाई पक्राउ गर्न गएको प्रहरीको टोलीमाथि अन्दाधुन्द गोली प्रहार भएको छ । भारतको उत्तर प्रदेशमा हतियारधारी समूहको आक्रमणमा आठ जना प्रहरीको ज्यान गएको छ । एक डिएसपी, तीन इन्सपेक्टरसहित आठ जना प्रहरी मारिएको भारतीय सञ्चार माध्यमले जनाएका हुन् ।

त्यस्तै सात जना प्रहरी घाइते छन् । एकजना विकास दुबे नामका फरार अभियुक्त पक्राउ गर्न पुगेको प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो ।

आक्रमणमा अभियुक्त दुबे र उनकै समूहको संलग्नता रहेको प्रहरीको दाबी छ । आक्रमणकारीले प्रहरीको हतियार समेत लुटेका छन्। घटनामा दुबे समूहका तीन जना पनि मारिएका प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले उत्तर प्रदेशको सबै सीमा सिल गरेको छ ।

Related posts

सरकारको उपस्थिति समयमै हुनुपर्छः सभामुख महरा

Nepnews

एनसेलले बुझायो चार अर्व ५० करोड लाभकर

Nepnews

कोरोना प्रभावः कच्चा तेलको मूल्यमा भारी गिरावट

Nepnews

भ्रमण वर्षको उद्घाटनमा भब्य बनाउन स्थानीय निकायलाई आग्रह

Nepnews

हजारौं समर्थककाबीच इरानी कमाण्डरको अन्त्यष्टी

Nepnews

लहानको सुन पसलमा बम विस्फोट, ८ जना घाइते

Nepnews