सुर्खेतमा लकडाउन पुनः कडा

संक्रमण बढेसँगै सुर्खेतमा लकडाउन कडा बनाइएको छ । जिल्ला प्रशासन कार्यालले लकडाउन पुनः कडा बनाउने निर्णय गरेको हो ।

लकडाउन खुकुलो भएयता प्रदेश राजधानी वीरेन्द्रनगरमा चहलपहल निकै बढेको थियो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि पसलहरू खुला गर्ने समय तथा सवारीसाधन सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो ।

बैठकले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र पसल व्यवसाय खोल्न पाइने, अटो रिक्सालगायतका तीन पाङ्गे्र सवारी साधनमा रोक लगाइने, जोरबिजोर प्रणालीअनुसार मात्रै सवारीसाधन सञ्चालन गर्न पाइनेलगायतका निर्णयहरु गरेको छ । सुर्खेतमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ४ पुगेको छ । त्यस्तै, ट्राभल हिस्ट्री नभएका समुदायस्तरका २४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । प्रदेशको सङ्क्रमण धेरै हुने जिल्लामा सुर्खेत दोस्रोमा पर्दछ ।

Related posts

मलाई भोट नदिँदा निद्रा नबिथोलियोस् – ओली

nepnews

लागुऔषध काठमाडौं भित्र्याउँदै गर्दा एकजना पक्राउ

Nepnews

सुन्दरी खोलामा डुबेर बालिकाको मृत्यु

Nepnews

घरेलु हिंसाका घटना दोहोरिँदै

Nepnews

फ्लोरिडामा भएको गोलीकाण्डमा चारजनाको मृत्यू

Nepnews

काभ्रेको पनौतीमा कर्फ्र्यु आदेश

Nepnews