रियल मड्रिडलाई चार अंकको अग्रता

गेटाफेलाई हराउँदै रियल मड्रिडले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । बिहीबार राती भएको खेलमा रियल मड्रिडले गेटाफेलाई १–० ले पराजित गर्‌यो ।

रियलको जितमा सर्जियो रामोसको एकमात्र गोल निर्णायक बनेको थियो । पहिलो हाफ गोलरहित बनेको खेलको ७९औं मिनेटमा रामोसले पेनाल्टीमार्फत गोल गरेका थिए ।

बराबरीतर्फ उन्मुख खेलमा गेटाफेका माथियास ओलिभेराले ड्यानी कार्भाजलमाथि फल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो । जसमा रामोसले लगातार २१ औं पेनाल्टी गोल गर्न सफल रहे ।

जितपछि रियलले दोस्रो स्थानको बार्सिलोनासँग अग्रता ४ अंकले बढाएको छ । मड्रिडको ३३ खेलबाट ७४ अंक जोडेको छ भने समान खेलबाट बार्सिलोनाको ७० अंक रहेको छ । रियलले अब खेल्न बाँकी ५ खेलमा उपाधिका लागि मात्र ४ खेलमा जित निकाले पुग्नेछ । सन् २ हजार १२ पछि पहिलो पटक रियल ला लिगाको उपाधि जित्ने दाउमा रहेको छ ।

यस्तै ला लिगा अन्तर्गत सम्पन्न अन्य खेलमा रियल सोसिडाडले स्पानुयलमाथि २–१ र ओसासुनाले आइबारमाथि २–० गोलको जित निकालेका छन् ।

Related posts

नेपालसँग म्याच खेल्न इंग्ल्याण्डको एमसीसी काठमाडौं आइपुग्यो

Nepnews

जोटाको उत्कृष्ट प्रदर्शन कायमै, उल्भ्सद्वारा नरविच सिटी पराजित

Nepnews

दक्षिण एसियाली खेलकुदः महिला भलिबलमा नेपालको विजयी सुरुवात

Nepnews

डर्बी भिडन्तमा म्यान्चेष्टर सिटीको प्रभावशाली जित

Nepnews

टि–२० को पहिलो खेलमा वेष्ट इण्डिज आयरल्याण्डसँग पराजित

Nepnews

ए डिभिजन लिगः मछिन्द्र र च्यासलले अंक बाँडे

Nepnews