प्रिमियर लिगमा लिभरपुलको लज्जास्पद हार

इंग्लिस प्रिमियर लिगको उपाधि विजेता लिभरपुलले म्यान्चेष्टर सिटीसँग लज्जास्पद हार ब्यहोरेको छ । बिहीबार राती भएको खेलमा सिटीले लिभरपुललाई ४–० ले हरायो ।

सिटीको मैदानमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि केभिन डि ब्रुयन, रहिम स्टर्लिङ र फिल फोडेनले एक–एक गोल गरे भने एउटा गोल आत्मघाती भएको थियो ।

२५ औं मिनेटमा पेनाल्टीमार्फत ब्रुनीको गोलसँगै सिटीले अग्रता लिएको थियो । त्यसपछि ३५ औं मिनेटमा स्टर्लिङ र ४५ औं मिनेटमा फोडेनले गोल गरेपछि पहिलो हाफसम्म सिटीले ३–० को अग्रता बनायो । ६६ औं मिनेटमा लिभरपुलका एलेक्स ओक्सलेड चेम्बरलेनले आत्मघाती गोल गरेपछि सिटीको अग्रता ४–० ले भयो । त्यसपछि खेलमा थप गोल हुन सकेन । लिभरपुलले ३० बर्षपछि सात खेल बाँकी हुँदै लिगको उपाधि जितिसकेको थियो ।

गत साता चेल्सीले म्यानचेस्टर सिटीलाई हराएपछि लिभरपुलको उपाधि यात्रा सम्भव भएको थियो । गएको वर्षको विजेता सिटीले खेल शुरु हुनु अघि नयाँ च्याम्पियन लिभरपुललाई गार्ड अफ अनर प्रदान गरेको थियो । यस्तै प्रिमियर लीगको अर्को खेलमा शेफिल्ड युनाइटेडले टोटेनह्यामलाई ३–१ गोलले पराजित गरेको छ ।

Related posts

प्रिमियर लिगमा म्यान्चेष्टर सिटी विजयी

Nepnews

ग्रिजम्यानले एट्लेटिको मड्रिड छोड्ने, बार्सिलोना जाने सम्भावना

Nepnews

मछिन्द्रद्वारा पुलिस पराजित

Nepnews

बाबर अजमले शतक प्रहार गरेपछि विश्वकपमा पाकिस्तानद्वारा न्यूजिल्याण्ड पराजित

Nepnews

रोनाल्डोको एक गोलको भरमा मोरक्कोमाथि पोर्चुगलको जित

Nepnews

धनगढी प्रिमियर लिग: विराटनगर किंग्सद्वारा रुपन्देही पराजित

Nepnews