काठमाडौंमा भेटिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एकघार महिला र १७ पुरुष गरी २८ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुर र भक्तपुरमा पनि संक्रमित थपिएका छन् । भक्तपुरका दुई तथा ललितपुरमा एक जना संक्रमित थपिएका छन् ।

यसले काठमाडौं उपत्यकामा लकडाउन खुकुलो भएपछि संक्रमण समुदायमा फैलिरहेको देखिएको छ । आज एकैदिन कैलालीमा मात्रै १ सय ६५ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या १४,५१९ पुगेको छ ।

यस्तै आज कैलालीमा १६५ जना, डोटीमा ५८ जना, कञ्चनपुरमा ३१ जना, अछाममा ३१ जना, धनुषामा ३० जना, बझाङमा २५ जना, लमजुङमा १६ जना र महोत्तरीमा १३ जना संक्रमित थपिएका छन् । सप्तरीमा १०, मोरङमा ६, सुनसरीमा ४, सिन्धुपाल्चोकमा ४, दैलेखमा र तनहुँमा ३–३ संक्रमिथ थपिएका छन् ।

मन्त्रालयका अनुसार थप ६ सय ६४ जना संक्रमणमुक्त भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ५ हजार ३ सय २० पुगेको छ । पछिल्लो पटक ४ हजार ५ सय ३७ जनाको मात्रै पिसिआर परीक्षण भएको छ ।

Related posts

स्याङजाका ६० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यू

Nepnews

७२ घण्टामै बन्दैछ चितवनमा कोरोना अस्पताल

Nepnews

सिन्धुपाल्चोकमा कोरोनासँग मिल्दोजुल्दो लक्ष्यणका फ्लूका कारण एक सय भन्दा बढी विरामी

Nepnews

कोरोना अपडेटः मृतक संख्या ९, संक्रमितको संख्या २३००

Nepnews

कोरोना भाइरस निको पार्ने औषधी आविस्कार गरेको थाइल्याण्डको दाबी

Nepnews

चीनबाट आएको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण

Nepnews