कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो, उपत्यकामा एकै दिन १७ संक्रमित थपिए

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ । पछिल्लो पटक ४ सय ८२ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै नेपालमा संक्रमितको संख्या १४ हजार ४६ भएको छ । काठमाडौं उपत्यकामा संक्रमण बढिरहेको छ ।

आज उपत्यकाका तीनवटै जिल्लामा गरेर १७ संक्रमित थपिएका छन् । काठमाडौंमा ९, ललितपुरमा ५ र भक्तपुरमा २ जना नयाँ संक्रमित भेटिएका हुन् । अछाममा मात्रै एकैदिन १ सय २६ संक्रमित थपिएका छन् । महोत्तरीमा ३६, कैलालीमा २७, बाजुरा र डोटीमा २५-२५, सुर्खेतमा २२, झापा र धनुषामा २१-२१, बझाङमा १८ र सल्यानमा १५ जना नयाँ संक्रमित भेटिएका छन् ।

यस्तै चितवनमा १२, नवलपरासी पूर्व, बाँके र बर्दियामा ११-११, कञ्चनपुर र लमजुङमा १०-१०, स्याङ्जा र गुल्मीमा ८-८ नयाँ संक्रमित भेटिएका छन् ।

यसैगरी मोरङमा ४, गोरखा, बाग्लुङ र कास्कीमा ३-३, दाङ, पाल्पा, दैलेख, कालिकोट, सिरहा र इलाममा २-२ संक्रमित थपिएका छन् । सुनसरी, ताप्लेजुङ, पर्सा, पर्वत, बारा, तनहुँ, अर्घाखाँची, पश्चिम नवलपरासी, जुम्ला र वैतडीमा पनि नयाँ संक्रमित भेटिएका छन् ।
पछिल्लो पटक ४ हजार ८ सय ८६ मात्रै पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । परीक्षण बढाउन माग भइरहे पनि सरकारले भने घटाउँदै लगेको छ ।

पछिल्लो पटक एकैदिन १४ सय ६२ संक्रमित आइसोलेसनबाट डिस्चार्ज भएका छन् । नेपालमा एकैदिन थपिएका संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या पहिलो पटक बढी देखिएको हो । यो सँगै डिस्चार्ज हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेको छ ।

Related posts

पुँजीगत लाभकर तिर्न एनसेलकाे आनाकानी कायमै

Nepnews

कम्युनिष्ट पार्टी कहिल्यै नफुट्ने गरी एकता हुने : प्रधानमन्त्री

Nepnews

पाइपलाईनबाट तेल आयो !

Nepnews

आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा श्रद्धालुको घुइँचो

Nepnews

गाडी आगजनी गरेको आशंकामा चारजना पक्राउ

Nepnews

इरानसँग विनासर्त वार्ता गर्न तयारः डोनाल्ड ट्रम्प

Nepnews