भारतमा टिकटकसहित ५९ वटा एप प्रतिबन्ध

भारतले टिकटक सहित ५९ वटा स्मार्टफोट एपलाई प्रतिबन्ध गर्ने निर्णय गरेको छ ।

भारत सरकारले जारी गरेको प्रेस विज्ञप्तिमा चीनियाँको संलग्नता रहेको भनेर उल्लेख नगरेपनि प्रतिबन्ध लागइएका एपहरु कि त चीनमा बनेका हुन् कि त चीनियाँ कम्पनीको लगानी रहेको छ । लद्धाखमा भारत र चीनियाँ सेनाको झडपको परिघटना स्वरुप यो निर्णय लिइभएको हो । २० भारतीय सेनाको मृत्यू भएको सो घटनापछि भारतमा चीनियाँ उत्पादन बहिस्कार गर्ने आवाजहरु उठ्न थालेका छन् ।

भारतको सुचना प्रविधि मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा भारतको सम्प्रभुता एवम् एकता, सुरक्षा ब्यवस्थाका लागि प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ ।

तर, डाउनडोड भइसकेका यी एपहरु हटाउन भने निर्देशन दिइएको छैन । प्रतिबन्धित एपमा टिकटक, शेयरइट, युसी ब्राउजर लगायतका ५९ एपहरु छन् ।

Related posts

टिकटकलाई एप स्टोरबाट हटाउन भारत सरकारको आग्रह

Nepnews

विज्ञान-प्रविधिमा नेपालकाे महत्वपूर्ण फड्काे, अन्तरिक्षमा आफ्नै स्याटेलाइट

Nepnews

अष्ट्रेलियामा अध्ययन सँग-सँगै नेपाली विद्यार्थीहरु ब्यवसायतर्फ पाइला टेक्दै

Nepnews (Sambridhi)

भारतको दोस्रो अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण

Nepnews

मृत्यू भइसकेका ब्यक्तिको फेसबुक एकाउन्ट के हुन्छ ?

Nepnews

वाट्सएप चलाउनुहुन्छ ? सावधान ! ह्याकरको प्रत्यक्ष निगरानीमा ह्वाट्सएप

Nepnews