कोरोना मुक्त हुनेको संख्या १०५ पुग्यो

वीरगन्जस्थित नारायणी अस्पतालको आईशोलेसनमा उपचाररत १८ जना कारोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

संक्रमणमुक्त हुने १८ जना वीरगन्ज महानगरपालिका वडा नम्वर ३ छपकैयाका एकै परिवारका सदस्य हुन् । जसमा २ महिने शिशुदेखि ६६ वर्ष उमेरका ११ पुरुष र ७ महिला रहेका छन् । उनीहरुमा गत वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्ट मदन कुमार उपाध्यायले जानकारी दिनुभो । उनीहरुलाई गएराति १० बजे डिस्चार्ज गरिएको हो ।

यसअघि शनिबार नारायणी अस्पतालबाट ९ जना संक्रमण मुक्त भएर घर फर्किएका थिए । यो सँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या १०५ पुगेको छ ।

Related posts

म्याग्दीको स्वर्गद्वारी आश्रम विकासको पर्खाइमा

Nepnews

गुफामा लुकाई राखेको १६ किलो सुन भेटियो

Nepnews

अत्यावस्कबाहेक सबै सेवा बन्द हुने, सरकारको सहयोग गर्न प्रधानमन्त्रीको आग्रह (पूर्णपाठ सहित)

Nepnews

कोरोना भाइरसका कारण इटालीमा एकै दिन ४१ जनाको मृत्यू

Nepnews

भावी पुस्तालाई स्वच्छ वातावरण सबैको दायित्वः प्रधानमन्त्री ओली

Nepnews

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण बुधबार विहान हुने

Nepnews