अस्पतालको लापरवाहीका कारण कोरोना संक्रमित मृतकको रिपोर्ट आउनुअघि नै अन्त्यष्टी

वीरगञ्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते राती मृत्यु भएका एक वृद्दमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको अन्त्येष्टि भइसकेको छ ।

रिपोर्ट नआउँदै शव आफन्तको जिम्मा लगाएर नेशनल मेडिकल कलेजले गम्भीर लापरवाही गरेको देखिएको छ । ४ गते राती मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको वीरगंज स्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी दिनुभयो ।

क्षयरोग, निमोनिया र दम भएका ति वृद्द जेठ २ गते नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए । नारायणी अस्पतालमा ४ गते स्वाब प्राप्त भएको उपाध्यायले जानकारी दिनुभयो । रिपोर्ट शंकास्पद आएपछि थप परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको उहाँले बताउनुभयो ।

स्वाब निकालिसकेपछि रिपोर्ट नआउँदै अन्त्यष्टि गरिनु ठुलो कमजोरी भएको चिकित्सकको ठहर छ ।

शनल अस्पतालले रिपोर्ट नआउँदै वृद्धको शव जिम्मा लगाएपछि आफन्तले अन्त्येष्टि गरिसकेका छन् । रिपोर्ट आएलगत्तै नेशनल मेडिकल कलेज सिल गरेर सम्पर्कमा आएकाको स्वाब संकलनको तयारी भइरहेको छ । नेपालमा कोरोना संक्रमितको मृत्यु भएको यो चौथो घटना हो । यसअघि सिन्धुपाल्चोक, बाँके र गुल्मीका तीनजनाको मृत्यु भएको थियो ।

Related posts

अस्पताल बाहिरै सुत्केरी हुन्छन् कर्णाली प्रदेशका ६४ प्रतिशत महिला

Nepnews

नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुग्यो, ७० जना निको भए

Nepnews

७६ दिनपछि वुहानमा हट्यो लकडाउन

Nepnews

ट्रम्प प्रशासनको लापरवाहीका कारण बढ्दैछ अमेरिकामा संक्रमण

Nepnews

साइक्लोनकाे खतराका कारण भारतका पूर्वी क्षेत्रका सहरहरु खाली गरिँदै

Nepnews

कर्मचारीले नै चोरे चितवनको कोरोना अस्पतालको सामान

Nepnews