कोरोना अपडेटः थप ७२ जनामा संक्रमण, संक्रमितको संख्या ६७५ पुग्यो

नेपालमा थप ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ६७५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले आज पुष्टि गरेका संक्रमित मध्ये सबैभन्दा बढी रौतहटका २६ जना छन् । मन्त्रालयका अनुसार रौतहट राजपुर फरदहवा र इशानाथका २६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बाराको गढिमाइ नगरपालिकाका २१ जनामा संक्रमण देखिएको छ । धनुषा नगराइन नगरपालिकामा ३, कपिलवस्तुको शिवनगर नगरपालिलकामा ३ र काठमाडौंको टोखा र बुढानिलकण्ठ नगरपालिकाका ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै बाँकेको दुधवा र राप्ति सोनारी गाउँपालिकाका ४ जना तथा बारा कलैयाका २ जनामा पनि संक्रमण पुष्टि भएको छ । सप्तरीमा २ जना दैलेखको नारायण नगरपालिका र ढुंगेधर गाउँपालिकामा ५ तथा दैलेखको गुराँस गाउँपालिकामा २ जनामा संक्रमण भएको छ ।

काठमाडौंको टोखामा भेटिएका कोरोना संक्रमित किराना पसले हुन् । बुढानिलकण्ठका भने एम्बुलेन्स चालक हुन् । टोखा नगरपालिकाले तरकारी, औषधि, किराना पसल सञ्चालन गर्ने तथा जनप्रतिनिधि गरेर ३०६ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षण गरेको थियो ।

Related posts

कालापानीमा नापी गर्न गएको सरकारी टोलीलाई भारतले रोक्यो

Nepnews

विप्लवको नेकपा र सरकारवीच पहिलो पटक औपचारिक वार्ता

Nepnews

पूर्वराज्यमन्त्री सञ्जय टकलालाई जन्मकैदको फैसला

Nepnews

भिरबाट खसेर एक महिलाको मृत्यु

Nepnews

डब्ल्यूएचओसँगको सम्बन्ध तोडेको ट्रम्पको घोषणा

Nepnews

डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने औपचारिक प्रक्रिया सुरु

Nepnews