प्रहरीको गोली लागेर लागु औषध कारोबारीको मृत्यू

महोत्तरीको रामगोपालपुर नगरपालिका–७ सहसौलामा लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका–७ सहसौलाका १६ वर्षीय राजन यादव रहेको प्रहरीले जनाएको छ । वायाँ खुट्टाको तिघ्रामा गोली लागेर घाईते भएका यादवको उपचारको क्रममा जलेश्वर अस्पतालमा मृत्यु भएको हो । मृतकको शव पोष्ट मार्टमको लागि जलेश्वर अस्पतालमा राखिएको छ ।

लकडाउनका बेला पनि ठूलो मात्रामा लागुऔषध कारोबार गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएका सादा पोशाकका प्रहरी र लागुऔषध कारोबारीबीच रामगोपालपुर ७ स्थित सडकमा गए राति भीडन्त भएको थियो । चारैतिरबाट घेरा हाली लागुऔषध कारोबारीले आक्रमण गर्न खोजेको र प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा अभियुक्त राजनको घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रमुख श्याम कृष्ण अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीले दुई जनालाई लागु औषधसहित नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रामगोपालपुर नगरपालिका(७ निवासी २७ वर्षीय राहुल कुमार यादव र ४५ वर्षीय सुरेन्द्र यादव रहेका छन । आक्रमणमा चार प्रहरी घाइते भएका छन् । घाईते हुनेमा प्रहरी हवल्दार संजिव पासवान तथा जवानहरु मनोज साह,राम विहारी पासवान र लालबावु यादव रहेका छन ।

Related posts

हुरी प्रभावितलाई एनआरएनएकाे सहयाेग

Nepnews

रुसमा कोरोनाको संक्रमण नियन्त्रण बाहिर

Nepnews

एक महिनाभित्र भुक्तानी पाउने भएपछि उखु किसानको आन्दोलन स्थगीत

Nepnews

भारतको सामना गर्न सक्षम छौंः पाकिस्तानी प्रधानमन्त्री खान

Nepnews

रुसमा २५ वटा गाडी एकै पटक दुर्घटनामा

Nepnews

चीन भ्रमणकाे उपलब्धी: बीआरआईमा नेपालले राखेको प्रस्ताव पारित

Nepnews