आरबी लिपजिग बुण्डेस लिगाको तेस्रो स्थानमा

जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लिपजिग तेस्रो स्थानमा उक्लिएको छ ।

माइन्जविरुद्ध ५–० गोलको शानदार जीत निकाल्दै लिपजिग तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । लिपजिगको जितमा टिमो वेर्नरले ह्याट्रिक गरे । यस्तै युसुफ पुल्सेन र मार्सेल सबिट्जरले १–१ गोल गरे । माइन्जको घरेलु मैदानमा ११ औं मिनेटमा वेर्नरले गोल गर्दै लिपजिगलाई अग्रता दिलाएका थिए ।

२३ औं मिनेटमा युसुफले लिपजिगको अग्रता दोब्बर पारे । ३६ औं मिनेटमा मार्सेलले गोल गरेपछि लिपजिग पहिलो हाफसम्म ३(० ले अग्रता बनायो । दोस्रो हाफमा वेर्नरले थप दुई गोल थप्दै ह्याट्रिक पूरा गरे । उनले ४८ औं र ७५ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै लिपजिगले २७ खेलबाट ५४ अंक जोडेको छ । २७ अंक जोडको माइन्ज १५ औं स्थानमा रहेको छ । बुन्डेसलिगा अन्तर्गत नै अन्य खेलमा अगस्बर्गले शाल्केलाई ३(० ले पराजित गरेको छ । अर्को खेलमा कोल्न र डुसेलडोर्फले २(२ को बराबरी खेलेका छन् ।

Related posts

जोकोभिच र मेद्भेदेभ सिनसिनाटी ओपन टेनिसको सेमिफाइनलमा

Nepnews

बाबर अजमले शतक प्रहार गरेपछि विश्वकपमा पाकिस्तानद्वारा न्यूजिल्याण्ड पराजित

Nepnews

करातेमा नेपालको वर्चश्व, १९ मध्ये १० स्वर्ण पदक नेपालले जित्यो

Nepnews

दोस्रो अभ्यास खेलमा नेपाल यू–१९ टिम विजयी

Nepnews

इंग्ल्याण्ड विश्वकपको अन्तिम चारमा पुग्दा, पाकिस्तानको अवस्था नाजुक

Nepnews

रोनाल्डोले गरे पहिलो सिरिए ह्याट्रिक

Nepnews