थप ९ जना कोरोना मुक्त, निको हुनेको संख्या ७९ पुग्यो, संक्रमितको संख्या बढ्दो क्रममा

वीरगञ्ज स्थित नारायणी कोभिड १९ अस्पतालबाट कोरोना संक्रमण मुक्त भएर ९ जना आज डिस्चार्ज भएका छन् ।

पछिल्लो पटक गरिएको परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी दिनुभयो । निको हुनेमा पर्साका ३ जना, बाराका २ जना, रौतहटका ३ जना र एक जना भारतीय नागरिक छन् । नारायणी अस्पतालको आइसोलेसनमा अझै ६२ जनाको उपचार भइरहेको छ । नेपालमा यो सँगै संक्रमण मुक्त हुनेको संख्य ७९ पुगेको छ ।

आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ५४८ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको परीक्षणका क्रममा थप ३२ जना संक्रमित फेला परेका हुन्‌।

आज सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ जना, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा र कपिलवस्तुको बाणगंगा नगरपालिकाका आठ(आठ तथा बाराको करैबामाइ गाउँपालिकाका, चितवनको भरपुर र काठमाडौंमा एक एक जना नयाँ संक्रमित पहिचान भएको छ ।

Related posts

नेपालमा एकै दिन थपिए ५७ संक्रमित, कुल संक्रमितको संख्या १९१ पुग्यो

Nepnews

भ्रमण वर्षको उद्घाटनमा भब्य बनाउन स्थानीय निकायलाई आग्रह

Nepnews

गेर्खु खोलामा आएको बाढीले डाइभर्सन भत्काउँदा पासाङ ल्हामु राजमार्ग अबरुद्ध

Nepnews

नेपालमा कोरोना भाइरसको तेस्रो संक्रमण

Nepnews

ट्रम्पले बढावा दिँदै आएको औषधि घातक भएको विज्ञको भनाई

Nepnews

भ्रष्टाचारको प्रमुख कारण निर्वाचन प्रणाली भएको अख्तियारको निष्कर्ष

Nepnews