संविधान संशोधनको मुद्धा ब्यूताउन जनता समाजवादी पार्टीका नेता देउवा निवासमा

जनता समाजवादी पार्टीका नेताले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर संविधान संशोधनको मुद्दामा मिलेर अघि बढ्न आग्रह गरेका छन् ।

बाबुराम भट्टराइ, राजेन्द्र महतो लगायतका जनता समाजवादीका नेताले सभापति देउवालाई भेटेर संविधान संशोधन गर्दा मधेसको माग सम्बोधन गर्ने गरी अघि बढ्न आग्रह गर्नुभएको हो । सरकारले निशान छाप संशोधन गर्न विधेयक संसद सचिवालयमा दर्ता गराएको छ । संविधान संशोधन गर्दा मधेसका माग समेत समेट्ने दबाब दिन जनता समाजवादी पार्टीका नेता लागिपरेका छन् ।

भेटमा सभापति देउवाले पार्टी पदाधिकारीको बैठक राखेर यसबारे छलफल गर्ने आश्वासन दिएको बताइएको छ । मधेस केन्द्रित दलहरुले नयाँ सविधान जारी भएदेखि नै संशोधनको माग गर्दै आएका छन् । कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएको बेला संशोधन प्रस्ताव दर्ता भए पनि पारित हुन सकेको थिएन ।

प्रधानमन्त्री केपि शर्मा ओलीले भने संविधान संशोधनका अरु मुद्दामा पछि छलफल गर्दै जाने तर नक्सासम्बन्धी संशोधन तत्काल गर्नुपर्ने बताउनुभएको छ ।
सीमाको विषयमा राष्ट्र एक बनाउनुपर्ने भएकाले मधेसीका माग पनि संशोधन गरेर अघि बढ्नुपर्ने जनता समाजवादी पार्टीको तर्क छ ।

Related posts

प्रधानमन्त्री ओली फेरी अस्पताल भर्ना

Nepnews

चुरियाजंगल क्षेत्रमा लागेको डढेलोको कारण कटारी क्षेत्र जोखिममा

Nepnews

राष्ट्रियताको आन्दोलन चर्काउन कार्यकर्तालाई कांग्रेस सभापति देउवाको निर्देशन

Nepnews

मन्त्रालयको योजनामा प्रतिपक्षी दलका नेताको सुझाव माग्दै मन्त्री भट्टराईले सुरु गरे नयाँ संस्कार

Nepnews

चीनद्वारा अमेरिकालाई चुनौति दिने प्रतिरक्षा प्रविधि योजना सार्वजनिक

Nepnews

निर्वाचनका क्रममा दलहरुबाट संहिता उल्लंघन भएको पर्यवेक्षणको प्रतिवेदन

Nepnews