नयाँ नक्सा राजपत्रमा समावेश, सरकारी कार्यालयमा वितरण

सरकारले जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशित भएको छ ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यसलाई राजपत्रमा प्रकाशित गरेको हो । भारतले अतिक्रमण गर्दै आएको लिपुलेक, कालपानी र लिम्पियाधुरालाई समेटेर सरकारले बुधबार नयाँ नक्सा जारी गरेको थियो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज जोशीले मन्त्रीस्तरीय निर्णयबाट नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न मुद्रण विभागमा पठाइएको जानकारी दिनुभयो ।

सरकारले बिहीवार सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थ अधिकारीहरुलाई हस्तान्तरण गरिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले हिजो मन्त्रालयको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्सा हस्तान्तरण गर्नु भएको हो ।

त्यसैगरी मन्त्री अर्यालले प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि नक्सा हस्तान्तरण गर्नु भएको छ । जेठ ५ गते मन्त्रिपरिषद्ले नक्सा स्वीकृत गरेपछि बिहीवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले औपचारिक रुपमा नक्सा सार्वजनिक गरेको हो।

Related posts

पाकिस्तानले जम्मु–कश्मीरको विषय अन्तर्राष्ट्रिय अदालतमा लैजाने

Nepnews

घरको बरण्डाबाट धकेलेर साथीको हत्या गर्ने पक्राउ

Nepnews

प्रदेश ५ सरकारले अघि बढायो फोहोरबाट बिजुली निकाल्ने योजना

Nepnews

६ लाख सर्जिकल मास्क काठमाडौंबाट बरामद

Nepnews

नक्कली भ्याट बिल प्रयोग गर्नेमा ठूला बिजनेस हाउस

Nepnews

नेपाली शान्ति सेनामाथि बालिका बलात्कारको आरोप

Nepnews