राहतको विषयलाई लिएर नेकपा र कांग्रेश समर्थकबीच कुटाकुट

सिरहाको नरहा गाउँपालिका १ देवीपुरमा कोरोना प्रभावितहरुलाई राहत वितरण गर्ने विषयमा विवाद हुँदा वडा कार्यालयमै कुटाकुट भएको छ।

कुटाकुट हुँदा नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली कांग्रेसका डेढ दर्जनभन्दा बढी घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ। नेकपाका स्थानीय नेता कार्यकर्ताहरु दुखी चौधरी, चुमन चौधरी, शिवकुमार चौधरी, अजय चौधरी, गुणे चौधरी र कुलदेव चौधरी घाइते भएका छन्।

त्यस्तै कांग्रेसका रामजीवन राय, रामचन्द्र यादव, अधिकलाल यादव, रामऔतार मण्डल, फौदार मण्डल, संजय यादव, राजीव मण्डल, नन्दु मण्डललगायत घाइते भएका नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादवले जानकारी दिनुभयो । धनी र हुनेखालेले समेत राहातमा दावी गरेकाले विवाद हुँदा झडप भएको उहाँको भनाइ छ ।

Related posts

प्रधानमन्त्रीसँगै अन्य दुई मन्त्रीलाई विपक्षी बनाएर अवहेनासम्बन्धी फाइल सर्वोच्चले माग्यो

Nepnews

रोशनी शाहीको घरमा यो कारण पुगेका थिए महरा

Nepnews

हिमालभन्दा मान्छे अग्लो देखिने ठाउँ

Nepnews

सिङ्गापुर वार्ताबारे दक्षिण कोरियाली अखबारमा आशावादी शीर्षक

Nepnews

चीन नजिकै रहेको ताइवानमा कोरोना भाइरस नियन्त्रण उन्मुख

Nepnews

सडक दुर्घटनामा ४७ वर्षीया महिलाको मृत्यु

Nepnews