बाँकेको नरैनापुरमा मात्र ८६ जना कोरोना संक्रमित

बाँके नरैनापुर गाउँपालिकामा मात्रै कोरोना संक्रमितको संख्या ८६ पुगेको छ । संक्रमितहरु उपचारका लागि आइसोलेशन अस्पतालमा जान नमान्दा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी समस्यामा परेका छन ।

हिजो फेला परेका १३ जना संक्रमितहरुले पनि आइसोलेशन अस्पताल जान अटेर गरेका छन् । संक्रमितले आइसोलेशन अस्पतालमा जान अटेर गरेको यो दोस्रो पटक हो । एकै दिन ५९ जना संक्रमित भएका बेला पनि संक्रमितलाई नेपालगन्जको आइसोलेशन अस्पतालहरुमा जानबाट स्थानीयले रोकेका थिए ।

संक्रमित भनिए पनि आफुहरुमा कुनै लक्षण र स्वास्थ्य समस्या नभएको भन्दै गाउँलेले संक्रमितलाई आइसोलेशन अस्पतालमा लैजान अबरोध गर्दै आएका छन । अबरोध गर्नेहरु काग्रेसका कार्यकर्ता भएको आरोप नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको छ । गाउँ मै उपचारको व्यबस्था मिलाउनु पर्ने भन्दै संक्रमितहरुलाई लिन गएका एम्बुलेन्स, सुरक्षाकर्मी र स्बास्थ्यकर्मीहरुलाई घेरेर अबरोध गरेका थिए ।

एम्बुलेन्सलाई बाटो मै अवरोध गरेका कारण नरैनापुर गाउँपालिका वडा नम्बर ३ को क्वारेन्टाइनबाट केहि संक्रमित भागेका थिए । त्यस लगत्तै नेपालगन्जबाट बाँकेका प्रहरी नायब उपरिक्षक शिब बहादुर सिंहको नेतृत्वमा गएको नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले १३ जना संक्रमित मध्ये १२ जनालाई नियन्त्ररणमा लिएर सम्झाई बुझाई बिहान साढे ३ बजे नेपालगन्ज ल्याएको छ । उनीहरुलाई लायन्स डेन्टल अस्पतालको क्वारेन्टाइनमा राखिएको छ । एक जना संक्रमित अझै पनि नरैनापुर मै छन । उनलाई नेपालगन्ज ल्याउने तयारी भई रहेको हाम्रा नेपालगञ्ज सहकर्मी कृष्ण अधिकारीले जनाएका छन् ।

Related posts

चालु आर्थिक वर्षमा नवलपरासी जिल्लाबाट अख्तियारमा कूल १८२ वटा उजुरी

Nepnews

पुँजीगत लाभकर तिर्न एनसेलकाे आनाकानी कायमै

Nepnews

नवलपरासीमा पौडी खेल्ने क्रममा बालकको मृत्यु

Nepnews

अमेरिका-चीन ब्यापार युद्ध समाधानका लागि वार्ता शुरु

Nepnews

बाजुरामा गहुँ काट्ने थ्रेसर र चुलो हस्तान्तरण

Nepnews

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

Nepnews