कोरोना अपडेटः थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४८ पुग्यो

नेपालमा आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ५४८ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको परीक्षणका क्रममा थप ३२ जना संक्रमित फेला परेका हुन्‌ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ जना, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा आठ जना र कपिलवस्तुको बाणगंगा नगरपालिकाका आठ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, बाराको करैबामाइ गाउँपालिकाका, चितवनको भरपुर र काठमाडौंमा एक एक जना नयाँ संक्रमित पहिचान भएको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

कपिलवस्तुमा आज फेला परेका ८ संक्रमितमध्ये एक जना ४० वर्षिय वडाअध्यक्ष र एक महिला संचारकर्मी समेत छन् । कपिलवस्तुमा संक्रमित हुने संचारकर्मीको संख्या ३ पुगेको छ । त्यहाँ हिजो पनि दुइ संचारकर्मीमा संक्रमण देखिएको थियो ।

बारामा आज संक्रमण देखिएकी महिला पत्रकारकै पारिवारिक सदस्य रहेको बताइएको छ । यो सँगै बारामा संक्रमितको संख्या १२ पुगेको छ । काठमाडौंका ३५ वर्षीय संक्रमित पुरुष धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रहेको बताइएको छ ।

Related posts

बंगलादेशकी राजदूत पनि दुर्घटनास्थलमा

nepnews

मन्त्रिपरिषद्ले स्वीकृत गरेको नयाँ नक्सा आज सार्वजनिक हुँदै

Nepnews

पोखरामा नै हुने भयो कोरोनाको परीक्षण

Nepnews

रुसमा दैनिक १० हजारभन्दा बढी संक्रमित

Nepnews

बाढीका कारण इटालीको भेनिसमा आपतकाल घोषणा

Nepnews

‘अब कसैले विदेशमा गएर भेडा चराउनु पर्दैन’ : मन्त्री गोकर्ण विष्ट

Nepnews