पाकिस्तान विमान दुर्घटना अपडेटः विमानमा सवार सबै ९९ यात्रुको मृत्यू

पाकिस्तनको कराँची नजिकै विमान दुर्घटना हुँदा विमानमा सवार सबै ९९ जनाको मृत्यू भएको छ । राष्ट्रिय ध्वजावाहक पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्सको पीके ८३०३ विमान आज दिउँसो कराँचीभन्दा तीन किलोमिटर पर मानव बस्तीमा दुर्घटना भएको थियो ।

विमानमा ९१ जना यात्रु र चालक दलका आठ जना सदस्य सवार थिए ।

विमान लाहोरबाट कराँचीका लागि उडेको थियो । अवतरणका क्रममा पाइलटले प्राविधिक गडवडी भएको जानकारी गराएको वायुसेवाका प्रवक्ताले भिडियो सन्देशमार्फत जानकारी गराएका छन् ।

दुर्घटनास्थलमा पाकिस्तानी सेनाको आकस्मिक टोली पुगिसकेको छ ।

पाकिस्तानले दुई दिनअघिमात्र देशको अन्तरिक उडान सुरु गरेको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि यो दुर्घटनाले आफूलाई स्तब्ध बनाएको प्रतिक्रिया दिएका छन् । दुर्घटनापछि कराँचीको अस्पतालमा संकटकाल घोषणा गरिएको छ ।

पाकिस्तानमा पछिल्लो १० वर्षमा तीनवटा ठूला विमान दुर्घटना भएका छन् । सन् २०१० मा एक सय ५२ जना सवार विमान राजधानी स्लामाबाद नजिक दुर्घटना भएको थियो । पाकिस्तान वायुसेवाको इतिहासमा त्यो सबैभन्दा ठूलो दूर्घटना थियो ।

त्यसको दुई वर्षपछि खराबम मौसमका कारण बोइङ विमान रावलपिन्डी नजिक दुर्घटनामा परेको थियो । जसमा एक सय २१ यात्रु सहित एक सय २७ जनाको मृत्यू भएको थियो । त्यसपछि सन् २०१६ मा स्लामाबाद अवतरणका क्रममा राष्ट्रिय ध्वजाबाहक विमान दुर्घटनामा परेको थियो । जसमा ४७ जनाको मृत्यू भएको थियो ।

Related posts

अष्ट्रेलिया अध्यागमनले चेक जाँचमा कडाइ गर्दै, के-के लैजान पाइन्छ ?

Nepnews

श्रीमानलाई विष खुवाउने श्रीमतिसहित तीन जना जेल चलान

Nepnews

वैशाख २२ मा सबै प्रदेशमा महासंघको निर्वाचन गराउने निर्णय

nepnews

मलेशियाको अस्पतालमै रोकियो परियारको शव

Nepnews

भिजिट नेपाल २०२० वेबसाईट संचालनमा

Nepnews

इरानमा भेटियो विशाल तेल खानी

Nepnews