ब्रिसबेनमा बस्दै आएका विशाल पौडेललाई पित्तनलीको क्यान्सर, उपचारका लागि सहयोग गर्न आग्रह

अष्ट्रेलियाको ब्रिसबेनमा रहेका नेपाली युवा विशाल पौडेललाई पित्तनलीको क्यान्सर भएको छ । श्रीमतिको डिपेन्डेन्ट भिसामा तीन वर्षअघि अष्ट्रेलिया पुगेका विशालले उपचार सहयोगका लागि आग्रह गरेका छन् ।

नेपागञ्ज स्थाई घर भएका उनलाई दश दिन अघि क्यान्सर भएको पुष्टि भएको हो ।

उनको केही दिन अघि अप्रेसन गरेर पित्तनलीमा जमेको रगत सफा गरिएको छ । जटिल स्थानमा क्यान्सर देखिएकाले उपचार गर्न हिचकिचाएका चिकित्सकले विशाललाई घर फर्कन सुझाव दिएका थिए । अष्ट्रेलियामा उपचार सम्भव नभएपछि उनलाई भारत लैजाने तयारी रहेको बताइएको छ । यसअघि पनि ब्रिसबेनमै बस्ने एक युवामा यस्तै प्रकारको क्यान्सर देखिएको र उपचार भारतमा भएको थियो ।

विशालको उपचारका लागि झण्डै १ लाख ६० हजार अष्ट्रेलियन डरल खर्च लाग्ने बताएका छन् ।

विशालको उपचारमा सहयोग गर्न एनआरएनएले गो फन्ड मि मार्फत सहयोग संकलन सुरु गरेको छ ।

त्यस्तै एसियुमा नर्सिङ पढिरहेकी विशालकी श्रीमति एलिशा अधिकारीले पनि सबै मिलेर आफ्नो श्रीमान् ज्यान जोगाइदिन अपिल गरेकी छिन् ।

विशाललाई एकसाताभित्रै भारत पठाउनुपर्ने अवस्था छ ।

विशाललाई सहयोग गर्न यहाँ क्लीक गर्नुहोस् ।

Related posts

बंगलादेश रेल दुर्घटनामा १६ को मृत्यू

Nepnews

फरार रहेका तीन अभियुक्त पक्राउ

Nepnews

अस्पतालबाट प्रधानमन्त्रीको भिडियो सन्देश

Nepnews

सुरक्षा उपकरण उपलब्ध गराउन चिकित्सकहरुको माग

Nepnews

सरकारको दबाबमा फिलिपिन्सको टेलिभिजन बन्द

Nepnews

बाँकेमा क्वारेन्टिनमा बसेका एक युवकको मृत्यू

Nepnews