नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुग्यो, ७० जना निको भए

नेपालमा आज एकैदिन ५० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या ५०७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले विहान विज्ञप्तिमार्फत ३० र दिउँसो पत्रकार सम्मेलनमा २० जना संक्रमित थपिएको जनाएको हो । सुदूरपश्चिम प्रदेशमा फेरि संक्रमण देखिएको छ । यसअघि भेटिएका पाँचैजना संक्रमित निको भएर घर फर्किएका थिए । आज कैलाली, डढेलधुरा र वैतडी गरी सुदूरपश्चिमका तीनवटा जिल्लामा संक्रमण देखिएको हो । बाँकेमा १४ संक्रमित थपिएका छन् ।

यसअघि विहान सर्लाहीमा १५, कपिलवस्तुमा ९, पश्चिम नवलपरासीमा ३, चितवनमा २ र पुर्वी नवलपरासीमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।

सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा नगरपालिकामा संक्रमण देखिएको हो ।

कपिलवस्तुका संक्रमित मध्ये बाणगंगा नगरपालिका वडा नम्वर ४ कि ८ बर्षिया बालिका, वडा नम्बर ५ का २७ र ५३ बर्षिय पुरुष, ११ का २४ बर्षिय र १० का २५ बर्षिय पुरुष छन् । कपिलवस्तु नगरपालिका वडा नम्वर ३ का २९ बर्षिय पुरुष, मायादेवि गाउँपालिका वडा नम्वर ४ का ४५ बर्षिय पुरुष र मायादेवी ५ का ३४ र ३६ बर्षका पुरुष रहेको जिल्ला स्वास्थ कार्यालयले जनाएको छ । संक्रमित मध्ये दुइजना संचारकर्मी हुन । यो सँगै कपिलवस्तुमा संक्रमितको संख्या ६९ पुगेको छ ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्वर ५ का एक र रामग्राम नगरपालिकाका २ जनामा संक्रमण देखिएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ६ का ७४ वर्षका बृद्ध र ७३ वर्षकी बृद्धामा संक्रमण भएको छ । त्यस्तै पुर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका वडा नम्वर ६ का ४५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्ममा ७० जना विरामी संक्रमण मुक्त भएका छन् ।

Related posts

गाडी आगजनी गरेको आशंकामा चारजना पक्राउ

Nepnews

कोरोनाका कारण अमेरिकामा दैनिक दुई हजारको मृत्यू, फ्रान्सको स्थिती पनि भयावह

Nepnews

इण्डोनेसियामा आएको बाढीमा परी २९ काे मृत्यु, १३ बेपत्ता

Nepnews

गोसाईंकुण्डमा केबलकार निर्माण हुने

Nepnews

आज थप ९ जनामा कोरोना पोजिटिभ, संक्रमितको संख्या २५८ पुग्यो

Nepnews

नवनियुक्त मन्त्रीहरुले गरे पदभार ग्रहण

Nepnews