ब्रकिङ न्यूजः पाकिस्तानमा विमान दुर्घटना

पाकिस्तामा ९९ जना यात्रु बोकेको विमान दुर्घटनामा परेको छ । लाहोरबाट कराँचीका लागि उडेको विमान अवतरणका क्रममा कराँचीको मानव वस्तीमा दुर्घटनामा परेको हो ।

विमानमा चालक दलका आठ जना सदस्य पनि थिए । विमान भुईमा ठोकिएपछि धुवाँको मुस्लो देखिएको छ । दुर्घटनास्थलमा पाकिस्तानी सेनाको आकस्मिक टोली पुगिसकेको छ ।

पाकिस्तानले दुई दिनअघिमात्र देशको अन्तरिक उडान सुरु गरेको थियो ।

पाकिस्तानमा पछिल्लो १० वर्षमा तीनवटा ठूला विमान दुर्घटना भएका छन् । सन् २०१० मा एक सय ५२ जना सवार विमान राजधानी स्लामाबाद नजिक दुर्घटना भएको थियो । पाकिस्तान वायुसेवाको इतिहासमा त्यो सबैभन्दा ठूलो दूर्घटना थियो । त्यसको दुई वर्षपछि खराबम मौसमका कारण बोइङ विमान रावलपिन्डी नजिक दुर्घटनामा परेको थियो । जसमा एक सय २१ यात्रु सहित एक सय २७ जनाको मृत्यू भएको थियो । त्यसपछि सन् २०१६ मा स्लामाबाद अवतरणका क्रममा राष्ट्रिय ध्वजाबाहक विमान दुर्घटनामा परेको थियो । जसमा ४७ जनाको मृत्यू भएको थियो ।

Related posts

यो हो विश्वको सबैभन्दा उत्कृष्ट रेस्टुरेन्ट

Nepnews

नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुग्यो

Nepnews

नमस्ते गरौं सरुवा रोगको जोखिम कम गरौं !

Nepnews

गृहमन्त्रीको भाई नरेशविरुद्ध मुद्धा दर्ता

Nepnews

८४ हजारले दिए इपीएस परीक्षा, नितजा असार १३ गते

Nepnews

विश्वका झण्डै आधा करोड मानिस कोरोना संक्रमित, ब्राजिलमा एकै दिन १४ हजारमा संक्रमण

Nepnews