थप तीस जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो

नेपालमा आज थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ४८७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सर्लाहीमा १५, कपिलवस्तुमा ९, पश्चिम नवलपरासीमा ३, चितवनमा २ र पुर्वी नवलपरासीमा १ जनामा कोरोना संक्रमण देखिएको छ । सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा नगरपालिकामा संक्रमण देखिएको हो ।

कपिलवस्तुका संक्रमित मध्ये बाणगंगा नगरपालिका वडा नम्वर ४ कि ८ बर्षिया बालिका, वडा नम्बर ५ का २७ र ५३ बर्षिय पुरुष, ११ का २४ बर्षिय र १० का २५ बर्षिय पुरुष छन् । कपिलवस्तु नगरपालिका वडा नम्वर ३ का २९ बर्षिय पुरुष, मायादेवि गाउँपालिका वडा नम्वर ४ का ४५ बर्षिय पुरुष र मायादेवी ५ का ३४ र ३६ बर्षका पुरुष रहेको जिल्ला स्वास्थ कार्यालयले जनाएको छ । संक्रमित मध्ये दुइजना संचारकर्मी हुन । यो सँगै कपिलवस्तुमा संक्रमितको संख्या ६९ पुगेको छ ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्वर ५ का एक र रामग्राम नगरपालिकाका २ जनामा संक्रमण देखिएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ६ का ७४ वर्षका बृद्ध र ७३ वर्षकी बृद्धामा संक्रमण भएको छ । त्यस्तै पुर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका वडा नम्वर ६ का ४५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

Related posts

प्रदेश ३ को नाम वाग्मती र राजधानी वाग्मती राख्ने प्रस्ताव प्रदेश सभामा पेश

Nepnews

नेकपाको विवादः स्थाई कमिटीका प्रचण्ड–ओली गुटको छुट्टै बैठक

Nepnews

सप्तरीको भारदहमा ट्र्याक्टर पल्टिँदा एकजना बालकको मृत्यु, १९ जना घाइते

Nepnews

चीनद्वारा अमेरिकालाई चुनौति दिने प्रतिरक्षा प्रविधि योजना सार्वजनिक

Nepnews

राजनीतिक आडमा ठेक्कापट्टा पाउने प्रबृत्ती अन्त्य हुन्छः प्रधानमन्त्री

Nepnews

आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने चिकित्सक संघको चेतावनी

Nepnews