नेपालमा ४५३ जनामा कोरोना संक्रमण, तीनको मृत्यू

नेपालमा आज थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ।

आज भेटिएका संक्रमितमध्ये १८ जना झापाको कचनकवल क्षेत्रका छन् । कपिलवस्तुमा एक जना थपिएका छन् । स्वास्थ्य मन्त्रालयले झापामा विहान १० जना थपिएको जनाएको थियो । दिउँसो भएको पत्रकार सम्मेलनमा झापामा आठ जना र कपिलवस्तुमा एक जना थपिएको जानकारी गराइएको छ ।

झापाको कचनकवल गाउँपालिकामा हिजो र आज गरी २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश १ सरकारले हिजो बेलुका ५ जनामा संक्रमण पुष्टि गरेको थियो । नेपालमा थप ४ जना संक्रमित निको भएका छन् । स्वास्थ्यम मन्त्रालयका अनुसार निको हुनेको संख्या ४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पीसिआर विधिबाट ३ हजार ४ सय १४ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ३ हजार ६ सय २३ जनाको परीक्षण भएको छ । अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ जनाको नमुना परीक्षण गरिएको छ । आरडिटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ ।

Related posts

दिलिपकुमार महतोको हत्यामा संलग्न तीनजनालाई जेल चलान

Nepnews

प्रदेशसभा नियमावली, २०७४ पारित

nepnews

महरा सभामुख निवासबाट पक्राउ

Nepnews

नेपालमा ह्याकरको बिगबिगी, कृषि विकास बैंकबाट दुई करोडभन्दा बढी रकम चोरी

Nepnews

सैनामैनामा बुद्धकालीन सभ्यताका अवशेष भेटिए

Nepnews

१५ हजारभन्दा बढीको कोरोना परीक्षण सम्पन्न

Nepnews