बुण्डेस लिगामा बायर लिभरकुसेन विजयी

जर्मन बुण्डेस लिगामा बायर लिभरकुसेन विजयी भएको छ ।

२५औं चरणको खेलमा बायर लिभरकुषेनले रेलिगेसन जोनको वार्डर बर्मेनलाई ४–१ ले हरायो । वार्डर बर्मेनको मैदानमा भएको खेलमा बायर लिभरकुसेनलाई जित दिलाउनका लागि काई हभार्टेजले दुई गोल गरे भने मिसेल वेइसर र करिम डेमिबायले एक एक गोल गरे ।

वार्डर बर्मेनका लागि एकमात्र गोल थेडोर गेब्रे सेलासीले गोल गरेका थिए ।

२८औं मिनेटमा हभार्टेजले गोल गर्दै बायर लिभरकुसेनलाई अग्रता दिलाएका थिए । ३०औं मिनेटमा वार्डर बर्मेनका सेलासीले बराबरी गोल गरे । ३३औं मिनेटमा हभार्टेजले ब्यक्तिगत दोस्रो गोल गर्दै बायर लिभरकुसेनलाई फेरी अग्रता दिलाए ।

पहिलो हाफमा २–१ को अग्रता लिएको बायर लिभरकुसेनले दोस्रो हाफमा दुई गोल थप्यो ।

६१औं मिनेटमा वेसरले र ७९औं मिनेटमा सेलासेले गोल गर्दै बायरलाई जित दिलाए ।

जितसँगै बायर लिभरकुसेनले बण्डेस लिग तालिकामा ५० अंक बनाएको छ । वार्डर बर्मेन भने १८ अंक सहित पुछारबाट दोस्रो स्थानमा छ ।

Related posts

वार्नरको कीर्तिमानी प्रदर्शनपछि अष्ट्रेलिया सेमिफाइनल नजिक

Nepnews

कोपा डेल रेमा न बार्सिलोना, न रियल मड्रिड !

Nepnews

कोपा अमेरिकामा राम्रो नखेलेको भन्दै समर्थकद्वारा मेस्सीमाथि आक्रमणको प्रयास

Nepnews

आईसीसी विश्वकपः दक्षिण अफ्रिकाको पहिलो जित, अफगानिस्तान अझ जित विहीन

Nepnews

मुलपानी मैदानमा पहिलो पटक क्रिकेट प्रतियोगिता हुँदै

Nepnews

मुम्बई इण्डियन्स आईपीएलको फाइनलमा

Nepnews