नेपालका दिवेश पोखरेल अमेरिकन आइडलमा उपविजेता बने, जस्ट सामले जितिन् उपाधि

नेपालका दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बनेका छन् ।

अर्थर गनका नामले समेत परिचित पोखरेल अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बनेका हुन् । उनी टप टुमा पुगेर उपाधि जित्न पर्याप्त भोट नआएका कारण विजेता बन्न चुकेका छन् ।

फाइनल चरणमा भएको मतदानका आधारमा सामन्था डायज अमेरिकन आइडल घोषित भइन्। दिवेशलाई उपाधिको दाबेदारका रुपमा हेरिएको थियो । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् । काठमाडौंको रवीभवनमा जन्मिएका दिवेश २०१४ मा अमेरिका पुगेका थिए ।

जस्ट साम नामले परिचित उपाधि विजेता २१ वर्षीया सामन्था लाइबेरियन मूलकी अश्वेत गायिका हुन् । न्यूयोर्क निवासी सामले मिडल स्कूलदेखि नै न्यूयोर्कका सब–वे र ट्रेनहरुमा गाउने गर्थिन् । उनी सानो छँदा आमा जेल परेकाले उनलाई हजुरआमाले हुर्काएकी हुन् । सामलाई विजेता बनाउन लाइबेरियामा अभियान नै चलाइएको थियो ।

Related posts

ट्र्याक्टरबाट खस्दा छ वर्षीय बालकको मृत्यु

Nepnews

भारतको चन्दायन–२ सम्पर्कविहीन

Nepnews

प्रधानमन्त्री ओली चीन प्रस्थान

Nepnews

संचार मन्त्रालयले शुरु गर्‌यो राष्ट्रिय साइबर सुरक्षा अनुगमन

Nepnews

द भ्वइस अफ नेपालको नयाँ सिजन साउनकाे दोस्रो साताबाट, दुई जना नयाँ काेच आउँदै

Nepnews

दिल्लीबाट चिठ्ठा पर्‍यो भन्दै नेपालमा ठगी गर्ने तीन जना पक्राउ

Nepnews