अष्ट्रेलियाका पब तथा रेस्टरेन्ट आजबाट खुल्ला, जानौं कुन राज्यमा कस्तो नियम ?

कोरोना भाइरसको प्रभाव कम भएपछि आजदेखि अष्ट्रेलियाका क्लब, पब पनि खुल्न थालेका छन् । दुई साताअघि त्यहाँका अधिकांश सहरी स्थानमा रेस्टुरेन्टहरु पनि खुलेका छन् ।

शुक्रबारदेखि भने पब, क्लब, पौडी पोखरी, जिम पनि खुलेका छन् । यद्यपी विभिन्न राज्यमा नियम फरक बनाइएको छ ।

न्यू साउथ वेल्समा बारहरु बन्द नै रहनेछन् । तर, क्याफे र रेस्टुरेन्टहरु खुलेका छन् । पबहरुलाई पनि मदिरा विक्रि गर्न अनुमति दिइएको छ । १० जनाभन्दा बढी मानिसलाई भने अनुमति दिइएको छैन ।

क्वीन्सल्याण्डमा पनि रेस्टुरेन्ट, बार, पब, क्लब, जिम खुलेका छन् । यहाँका ग्रामिण भेगमा भने २० जनासम्म भेला हुन सक्नेछन् ।

वेष्टर्न अष्ट्रेलियामा पनि माथिका दुई राज्यमा जस्तै नियम लागु गरिएको छ । तर, सोमबारबाट २० जना ग्राहकलाई अनुमति दिइनेछ ।

अष्ट्रेलियन क्यापिटल टेरिटोरिमा बार, पब, क्याफे तथा रेस्टुरेन्ट खुलेका छन् । १० जनाभन्दा बढी ग्राहक एकै पटक प्रवेश गर्न पाउनेछैनन् । अन्य कुनै खानाको अर्डर गरेमात्र मदिरा सेवन गर्न पाइनेछ ।

नर्दन टेरिटोरिमा पबहरुले खानसँगै मदिरा बेच्न पाउनेछन् । तर, रेस्टुरेन्टमा खानका लागि दुई घण्टामात्र छुट्याइएको छ ।

तास्मेनियामा रेस्टरेन्ट र क्याफेहरु खुल्ला छन् । पबहरु सोमबारबाट खुल्नेछन् । बार भने खोल्ने निर्णय गरिएको छैन ।

साउथ अष्ट्रेलियामा रेस्टरेन्ट बाहिर बसेर खान अनुमति दिइएको छ । एक पटकमा १० जना ग्राहकलाई अनुमति दिइएको छ । तर, पब खोल्ने विषयमा कुनै निर्णय गरेको छैन ।

भिक्टोरियामा खाने र पिउने सबै स्थानहरु बन्द नै छन् । खोल्ने विषयमा कुनै निर्णय भएको छैन ।

रेस्टुरेन्टहरु खुलेपनि सामाजिक दूरीको नियमलाई पनि कडाइका साथ लागु गर्न सुरक्षा निकाय तथा संचालकहरुलाई निर्देशन दिइएको छ ।

Related posts

क्राइस्ट चर्च आक्रमणका अभियुक्तले अस्वीकार गरे आफूमाथि लागेको सबै आरोप

Nepnews

मलेसियामा ज्यान गुमाएका युवाको तीनसातापछि शव आउँदा सिंगो गाउँ शोकमा

Nepnews

घरमा आगलागी हुँदा रु १५ लाखको क्षति

Nepnews

जनकपुरमा पेट्रोल पम्प संचालकको गोली हानी हत्या

Nepnews

दुई विद्यालय भवन समुदायलाई हस्तान्तरण

Nepnews

जम्मु–कश्मिरको विषयमा पाकिस्तानले चालेको कदम सच्याउन भारतको आग्रह

Nepnews