अग्सबर्गका प्रशिक्षकलाई प्रतिबन्ध

दन्तमञ्जन किन्न बाहिर निस्किएका कारण जर्मन क्लब अग्सबर्गका प्रशिक्षक हेइको हेर्लिचलाई प्रतिबन्ध लागेको छ । क्वारेन्टिनको नियम उल्लंघन गरेको भन्दै उनलाई प्रतिबन्ध लगाइएको हो ।

यो साता देखि जर्मनको बुण्डेस लिगा पुनः संचालनको तयारी छ । त्यसका लागि खेलाडी तथा प्रशिक्षकलाई क्वारेन्टिनमा राखिएको छ । क्वारेन्टिनमा रहेको बेला होटलबाट पसल गएका कारण उनलाई आउँदो खेलमा प्रवेश निषेध गरिएको छ ।

शनिबारदेखि बुण्डेस लिगाका २६औं चरणका खेल सुरु हुँदैछ । अग्सबर्गले पहिलो खेलमा उल्फ्सबर्गसँग घरेलु मैदानमा प्रतिष्पर्धा गर्दैछ ।

उनले होटलबाट निस्किनु आफ्नो गल्ती भएको स्वीकार गरेका छन् । गत महिनामात्र प्रशिक्षकमा नियुक्त भएका ४८ वर्षे हेर्लिच आफूसँग भएको दन्तमञ्जन सकिएका कारण पसल गएको बताएका थिए ।

बुण्डेस लिगा सुरु हुने तय भएपछि खेलाडीहरुलाई नियमित रुपमा कोरोनाको परीक्षण गराइँदै आइएको छ ।

Related posts

सागको भब्य समापन, अर्को संस्करण पाकिस्तानमा

Nepnews

बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाइनलमा

Nepnews

कतारले सार्वजनिक गर्‍यो विश्वकपको लोगो

Nepnews

प्रिमियर लिगमा लिभरपुलको शानदार शुरुवात

Nepnews

ए डिभिजन लिगः सरस्वतीलाई हराउँदै आर्मी शीर्ष स्थानमा

Nepnews

ए डिभिजन लिगमा संकटा विजयी

Nepnews