भर्जिन अष्ट्रेलिया किन्ने क्वीन्सल्याण्डको घोषणा

टाट पल्टिएको अष्ट्रेलियाको वायुसेवा कम्पनी भर्जिन अष्ट्रेलिया किन्न क्वीन्सल्याण्ड सरकारले इच्छा ब्यक्त गरेको छ ।

केही साता अघि भर्जिन अष्ट्रेलियाले टाट पल्टिएको घोषणा गर्दै स्वामित्व ग्रहण गर्नका लागि आव्हान गरेको थियो । भर्जिन अष्ट्रेलिया त्यहाँको दोस्रो ठूलो वायुसेवा कम्पनी हो । जसले अष्ट्रेलियाको ३१ प्रतिशत यात्रु बोक्छ ।

अष्ट्रेलियाको ५८ प्रतिशत यात्रुलाई कन्तासले सेवा दिँदै आएको छ ।

युएई सरकार, सिंगापुर एयरलाइन्स, चिनिया ब्यापारिक समूह लगायतको लगानी रहेको भर्जिन अष्ट्रेलियाले अष्ट्रेलिया सरकारको पाँच अर्व डलरको ऋण तिर्न बाँकी छ । पछिल्लो दुई दशकमा उसले ठूलो घाटा ब्यहोर्दै आएको छ ।

कम्पनी बन्द हुने भएपछि त्यहाँ प्रत्यक्ष कार्यरत १० हजार र अरु ६ हजारको रोजगारी गुम्ने भएको छ ।

भर्जिन अष्ट्रेलिया किन्नका लागि धेरै ब्यापारिक समूहले इच्छा देखाएका छन् । क्वीन्सल्याण्डले सरकारका आर्थिक मामिला प्रमुख क्यामरोन डिकले भर्जिन अष्ट्रेलिया कन्न आफ्नो राज्य तयार रहेको घोषणा गरे ।

Related posts

एकता समितिको बैठक बोलाउन अध्यक्षद्वय सहमत

Nepnews

गौतम बुद्धमा आधारित नेपाली भाषको पुस्तक बजारमा

Nepnews

नर्सलाई कोरोना देखिएपछि धनकुटा अस्पताल सिल गरियो

Nepnews

सभामुखमा अग्निप्रसाद सापकोटा निर्बिराेध निर्वाचित

Nepnews

दाइजो माग्ने केटाका बाबु प्रहरी हिरासतमा

Nepnews

मुलुक समृद्ध बनाउन युवाशक्ति संगठित हुनुपर्छ : अध्यक्ष थापा

Nepnews