भारतसँगका सबै सीमामा विवाद

भारतले पश्चिम नेपालको कालापानीमा नेपाली भूमिमा नै बाटो बनाएपछि अहिले सर्वत्र विरोध भइरहेको छ । तर भारतले सीमा मिचेको कालापानी र लिपुलेकमा मात्र हैन, सीमा जोडिएका २७ जिल्ला मध्ये अधिकांश स्थानमा सीमा समस्या छ । सशस्त्र प्रहरी बलले गृह मन्त्रालयमा गत वर्ष बुझाएको प्रतिवेदनमा भारतसँग सिमाना जोडिएका ९६१ स्थानमा सीमा विवाद रहेको उल्लेख छ ।

नेपालका २७ वटा जिल्ला भारतसित जोडिएका छन् । यी अधिकांश जिल्लामा सीमा विवाद छ । दार्चुलादेखि ताप्लेजुङसम्म भारतले ६०,६२७ हेक्टर नेपाली भूमि मिचेको छ । नेपाल र भारतबीच १,८८० किलोमिटर सीमा जोडिएकोमा ६ सय किलोमिटर भन्दा धेरै क्षेत्रमा विवाद छ ।

सुगौली सन्धी अनुसार नेपालको सीमा महाकाली नदी हो । महाकाली नदीको मुहान लिम्यिाधुरासम्म नै नेपाली भूभाग हो । तर भारतले लिम्यिाधुराबाट ३० किलोमिटर पूर्वको लिपु खोलालाई काली भन्दै नेपालको ३१० बर्गकिलोमिटर क्षेत्र कब्जा गरेको छ ।

२०१८ सालमा नेपालले जनगणना गरेका कुटी, नावी र गुन्जीगाउँ अहिले भारतको कब्जामा छन् । लिपूदेखि लिम्यिाधुरासम्मको जमिनले पनि नपुगेर भारत लिपूखोला पनि तरेर कालापानीसम्म आइपुगेको छ । उसले कालापानी र लिपुलेकको ६२ वर्गकिलोमिटर क्षेत्रफलमा सैन्य क्याम्प राखेको छ ।

लिम्पियाधुरा र कालापानीपछि भारतले मिचेको अर्को क्षेत्र हो सुस्ता, पूर्वी र पश्चिम नवलपरासीमा गरेर भारतले १४ हजार हेक्टरभन्दा बढी जमिन मिचेको छ ।
कञ्चनपुरको ब्रह्मदेवमण्डी–पूर्णागिरी, टनकपुर जलाशय क्षेत्र, टनकपुर ब्यारेज, बनबासा–गड्डाचौकी क्षेत्र, शारदा ब्यारेज, शक्लाफाँटा, परासन–खुड्काककडमा पनि सीमा विवाद छ ।

कैलालीको सतिविरानाला, बर्दियाका मनाउ, टपरा, खैरी, मुर्तिया, मानपुर–भीमापुर क्षेत्रमा भारतको अतिक्रमण छ ।

बाँकेका सन्तलिया, होलिया, नरैनापुर, लक्ष्मणपुर बाँध भएको क्षेत्रमा पनि भारतले मिचेको छ ।

दाङको कोइलाबास, कपिलवस्तुको कृष्णनगर, विजयनगर र अर्ररा नदी आसपासको क्षेत्रमा पनि समस्या छ ।

रुपन्देहीको दानव नदी अर्थात रसियावाल खुर्दलोटन बाँध, बेलहिया नाका, दारानाला–दारीचुरे क्षेत्रमा पनि भारतले आँखा लगाएको छ । चितवनमा सोमेश्वर गढी र बाल्मिकी आश्रम क्षेत्रमा विवाद छ ।

सशस्त्र प्रहरीले गृहमन्त्रालयमा बुझाएको प्रतिवेदन अनुसार सप्तरीमा २१, सिरहामा ६३, धनुषामा ६५, महोत्तरीमा ४५ र सर्लाहीमा १ सय ५१ स्थानमा सीमा विवाद छ । विवरणअनुसार रौतहटमा ८ स्थान, बारामा १४ स्थान र सबैभन्दा बढी पर्सा जिल्लामा ४५४ स्थानमा विवाद देखिएको छ। पर्साका ठोरी, सिमरिया, लक्ष्मीपुर–पिपरा, वीरगन्ज–सिर्सिया गौर–जमुना गाउँ सीमा क्षेत्र भारतले अतिक्रमण गरेको छ । त्रिभुवननगर, संग्रामपुर–हथिऔल, माडर–चन्द्रगन्ज, ठाँडी, सुर्वापट्टीमा विवाद छ ।

सप्तरीका तिलाठी, सखडा–छिन्नमस्ता, कुनौली, भारदह, विष्णुपुर–शिवनगर, लालपट्टटी–गोविन्दपुर, तिलजा, मोहनिया, सरवाह, गोवरगाढामा पनि सीमा समस्या छ ।

सुनसरीका कटैया–भण्टाबारी, हरिनगरिया–शिवगन्ज साहेबगन्ज, पकरिया–झुमवा, भीमनगर मौजामा समस्या छ ।

त्यस्तै मोरङका बुद्धनगर–जोगबनी, रंगेली–चोप्राहा, रानी, बक्राहा नदी चुनिमाडीमा भारतले विवाद निकालेको छ ।

झापाका पाठामारी, मेचीगाउँ, महेशपुर, मेचीपुल, भद्रपुर–गलगलिया, काँकरभिट्टा, बारिसजोत, मदनजोत, नकलबन्दा, बाहुनडाँगी तथा इलामका चित्रेडाँडा, पशुपतिनगर, झिझिया भन्ज्याङ, मानेभन्ज्याङबाट सन्दकपुर जाने बाटो, मानेभन्ज्याङ, सन्दकपुर, जौबारी डाँडा अतिक्रमणमा परेका छन् ।

पाँचथरमा कालपाखरी, च्याङथापु, फालेलुङ, ताप्लेजुङ सीमा क्षेत्रमा चिवाभन्ज्याङ, टिम्बापोखरी, मेगना तुम्लीङ सीमामा विवाद छ ।

Related posts

नेकपाको उपाध्यक्षमा वामदेव गौतम, स्कुल विभागको जिम्मा ईश्वर पोखरेललाई

Nepnews

हराएको ४० दिनपछि मृतावस्थामा फेला

Nepnews

भारतको चुनावमा बिजेपी गठबन्धनको बहुमत पक्का, अन्तिम परिणाम अघि नै प्रधानम्नत्री ओलीको बधाई

Nepnews

गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेर पैसा असुल गर्ने तीन जना पक्राउ

Nepnews

भारतको जेएनयू विश्वविद्यालय घटनाको जिम्मा हिन्दू रक्षा दलले लियो

Nepnews

एक सातामा दुई पटक सगरमाथा चढ्दै बनाए २४ आरोहणको रेकर्ड

Nepnews